खोटाङ । खोटाङको ऐसेलुखर्क गाँउपालिकाको कर्मचारी लाई वडा अध्यक्षको दूरव्यवहार गरेको भन्दै पालिकालाई ध्यानाकर्षण पत्र बुझाएको भोलि पल्टनै अध्यक्ष एक्लैले विवाद सुल्झायका छन्।
अचम्मकाे कुरा त के छ भने पालिकामा निर्वाचित जुन सुकै पार्टिकाे तर्फबाट भए पनि जनताकाे मतबाट निर्वाचित भएर आएकाे हुँदा यी र यस्ता पालिका भित्रकाे वा पालिका संबन्धित कुनै पनि निर्णय वा निश्कर्षकाे लागि पालिकामा प्रतिनिधित्व गर्ने सदस्यहरुकाे पनि सहभागिता हुनु पर्नेमा याे पालिकामा एकल निर्णयबाटै ५ बर्ष बित्न लागे हाे त ?
पालिकाको कर्मचारीमाथि केही समय अगाडि कार्यालय समयमा कार्यालय भित्र २ नं वडा अध्यक्ष सन्तवीर तामाङले पूर्वाग्रह राखी कार्यालय भित्र सेवाग्राही तथा कर्मचारीहरुको अगाडि भौतिक तथा मानसिक आक्रमण गरेको भन्ने आरोप लगाएको थियो ।साथै गाँउ कार्यपालिकामा प्रमुख प्रशासकीय अधिकृतले तोकलगाई अध्ययनको चरणमा रहेको उक्त सरकारी कागजात च्याती कर्मचारी तिर नै फाली १ घण्टा भित्र सो कार्य सम्पन्न नगरे आवश्यक थप कारबाही गर्ने धम्की पूर्ण गाली गलोज गरेको आरोप पत्रमा उल्लेख थियो।
निज तामाङ माथि गाली बेजती ऐन तथा सरकारी कागजात कार्यालय भित्रनै च्याती सरकारी कागजातको दुरुपयोग गरेको हुँदा नियम अनुसार कारबाही को माग गरेको थिएँ ।सोही विषयमा पालिकाको अध्यक्ष उप अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत सम्पूर्ण कर्मचारीहरु र निज तामाङ सहिदको उपस्थितिमा २०७८ फागुन १८ गते अध्यक्षको कार्य कक्ष मा छलफल हुँदै गर्दा नीज़ तामाङले सबैको अगाडी पुन प्रमुख प्रशासकीय अधिकृत लाई धम्की पूर्वक सैलीमा तथानाम गालि गर्दै मोबाइल भुइँमा पछार्दै टेबल ठोक्दै पटकपटक भौतिक तथा मानसिक आक्रमण गर्ने प्रयास गरेको प्रति हामी कर्मचारी हरुको गम्भीर धयानाकर्षण भएको पत्र बुझाएको थिए।
उक्त दुवै घटनामा निज तामाङले कर्मचारी माथी पटक पटक मानसिक तथा भौतिक आक्रमण गर्न खोजेको र कार्यालयको रीतपूर्वक तोकादेश भएको कागजातहरु खोसेर च्यातेको नियम अनुसार प्रकिया पूरा नगरी पेष भएको कागजात माथि दबाब दिएर आफ्नो कार्य सम्पन् गर्न खोजेको साथै यस्ता घटनाहरू कार्यालयमा पटक पटक गरेको हुँदा यस्ता कार्य वडा अध्यक्ष तथा कार्यपालिका सदस्य जस्तो सम्मानित दर्जामा रहेका व्यक्तिले त्यस्तो गतिविधि देखाउनु लाई के भन्ने भन्दै प्रश्न खडा गरेको थियो।
यस्ता गतिविधिले हामी जस्ता राष्ट्रसेवक कर्मचारीको मनोबल गिर्ने तथा सार्वजनिक सेवा प्रवाह गर्न कठिन हुने जानकारी पत्रमा उल्लेख गरेको थियो।२०७८ फागुन १६ र १८ को घटनालाई आवश्यक छानबिन गरी ३ दिन भित्र कारबाही को लागि माग गरेको थिए ।सो समय भित्र माग पूरा नभएमा अत्ति आवश्यक कामकाज बाहेक अन्य नियमित कार्य ठप्प पार्ने चेतावनी समेत ध्यानाकर्षण पत्रमा उल्लेख थियो ।
तर आज आएर गाउँपालिका अध्यक्ष,कार्यपालिका सदस्य एक सहित कर्मचारीहरुको सयुक्त विज्ञप्तिले सम्पूर्ण पूरा भएको विज्ञप्ति मार्फत जानकारी आएको छ। सो विज्ञप्तिमा पालिकाकै दुई जना कर्मचारीले भने विज्ञप्तिमा हस्ताक्षर गरेको छैन । विज्ञप्तिमा हस्पिटल टेण्डर र प्रोत्सान भत्ता को विषयमा समाचार प्रसारण भएको भन्दै पालिकाको ध्यानाकर्षण भएको जानकारी दिएको छ।
केही समयकाे अन्तरमै झगडाकाे बिज्ञप्ति र तत्कालै फेरि मिलेकाे बिज्ञप्ति आउँदा पालिकाकाे जिम्मेवार कर्मचारीहरुमा परिपक्कता र पालिकाबाट सेवा लिने सेवाग्राहिले के साेच्ने भन्ने बिषय पनि छ भने पालिकाका उपाध्यक्ष लाई भने साे छलफल भएको भन्ने बिषयमा जानकारीनै नगराइेको कि उपस्थित न भएको भन्ने पनि आर्को पाटो छ।


भत्ता देखि ठेक्का समेत सेटिङमा?? अनाैठाे प्रशासन ऐंसेलुखर्क गाउँपालिकाको !
ऐंसेलुखर्क गाउँ पालिकममा अर्काे लफडा ,जनप्रतिनिधिले धम्क्याए कर्मचारी
