खोटाङ। जिल्ला प्रशासन कार्यालय खोटाङले ईजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ। आगामी बैशाख ३० गते हुने निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहीत वातावरण तयारी गरी भरपर्दो र विश्वसनीय बनाउन हातहतियार बुझाउन आग्रह गरेको हो।
जिल्लाभित्र रहेका ईजाजत प्राप्त हातहतियार चैत्र मसान्तसम्म आफ्नो पायक पर्ने नजिकैको प्रहरी ईकाइमा बुझाउन प्रशासनले आग्रह गरेको छ।
यसरी बुझार्ईएका ईजाजत प्राप्त हातहतियार निर्वाचन पश्चात पुनः सम्बन्धित धनीलाई फिर्ता गरिने सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ।
