आकाश मगर,उदयपुर। त्रियुगा खोलामा डुबी एक ५ वर्षीय बालकको ज्यान गएको छ । झापाको हल्दीवारी घर भई त्रियुगा नगरपालिका–७ शहरेमा पाहुना आएका गौर बहादुर मगरको छोरा निस्पल मगरको खोलादहमा डुबी ज्यान गएको हो ।
बिहिवार साँझ ६ बजे खेल्ने क्रममा घर नजिकै रहेको त्रियुगा खोलाको शहरे दहमा डुबी रहेको अवस्थामा आमाले फेला पारी उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगेकोमा उपचारको क्रममा बालकको ज्यान गएको आफन्त साथै माबी कालिखोलाको प्रधानध्यापक महेन्द्र बहादुर रिखामले मगरलेबजनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
- September 29, 2026