काठमाडौ । केही दिनदेखि भ्रमणकाे क्रममा रहेकि हुम्लाकि सांसद रंगमति शाही सहितकाे टाेलिलाई लण्डन स्थित नेपालि जनसम्पर्क समिति बेलायतका काँग्रेसले स्वागत गरेकाे थियाे।
साे स्वागत कार्यक्रममा सहभागी रहेकाे नेपालिहरुकाे साथमा सामुहित तस्विर सहित आफ्नाे फेसबुकमा सांसद शाहीले लखेकि छिन् ,
” नेपाली जनसम्पर्क समिति, बेलायतका नेपाली कांग्रेसका मायालु मनहरूले खुला हृदयसहित मलाई लन्डनमा स्वागत गर्दा आत्मविभोर भएँ। परदेशमा पनि घरदेशको अनुभूति भयो। जहीँ-जतै गए पनि मनमा देश र आफ्नो प्रिय पार्टीलाई सदैव सजाइ रहने बेलायतका प्रिय मनप्रति हार्दिक आभार- कृतज्ञता व्यक्त गर्दछु। नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष श्री युवराज गुरुङज्यूलगायत सम्पूर्ण साथीहरूप्रति विशेष स्नेह छ। मेरो बेलायतको छोटो यात्रामा पनि ठूलो हृदयले स्वागत सत्कार र अन्तर्क्रियाको अवसर जुर्दा निकै खुसी लाग्यो। यहाँहरूको विशेष स्नेह र साथले नै मेरो राजनैतिक यात्रा यहाँसम्म आइपुगेको सत्य हो । आशा छ -आगामी दिनहरूमा पनि यहाँहरूको साथ यसरी नै मलाई प्राप्त भइरहने छ भनेर। सबै सबैमा पुनः धन्यवाद छ। सदैव सबैको जय होस्। जय नेपाल । “
सांसद शाहीकाे साथमा नविना लामा,आशा कुमारी बि क साथै कलिला खान सहित चार महिला सांसदहरु गत फागुन २८ गत्ते त्यस तर्फ गएकाे थिए भने उनिहरुले बेलायतको लण्डन सहर र स्कटल्याण्डकाे ग्लासगाे सहरकाे भ्रमण गरेकाे थियाे। 
महिला सांसदहरु संसद भवन भ्रमण तथा अधययन वेस्टमिन्सटर फाउणडेसन्सकाे मार्फत त्यस तर्फ गएका थिए भने यहि चैत पाँच गत्ते स्वदेश फर्किएका हुन्।
