खोटाङ । नेकपा एमाले खोटाङले केन्द्रीय कमिटिका अध्यक्ष केपी ओलीको उपस्थितिमा हुने आमभेलालाई व्यापक बनाउन आवश्यक तयारी थालेको छ । पुर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्षको प्रमुख आतिथ्यतामा १९ चैतमा दिक्तेलबजारमा हुने आमभेलालाई शसक्त र बृहत बनाउनका लागि आमभेला प्रचार–प्रसार उपसमितिले आवश्यक तयारी थालेको हो ।
एमाले पोलिटव्यूरो सदस्य तथा खोटाङ इन्चार्ज बिशाल भट्टराईको प्रमुख आतिथ्यतामा आइतबार भएको आमभेला प्रचार–प्रसार उपसमितिले भिडियो सहित अपिल लिंक, फेसबुक पोष्टर, दश वटै स्थानीय तह लगायत अन्य ठाउँमा फ्लेक्स प्रिन्ट राख्ने, झण्डा व्यानर, निमन्त्रणा कार्ड, जिंगल (रिङ टोन मोबाईल)को व्यवस्था गर्ने निर्णय गरेको छ ।
आवश्यक सामग्री तयार पारेर आमभेलाको शसक्त प्रचार–प्रसार गरिने एमाले आमभेला प्रचार–प्रसार उपसमितिका संयोजक रमेश पौडेलले बताए । File photo
