खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ९२ जना जेष्ठ नागरिक सम्मानित भएका छन् । वडाका ५१ जना महिला र ४१ जना पुरुष गरी ९२ जना जेष्ठ नागरिकलाई वडा कार्यालयले सम्मान गरेको हो ।
आइतबार एक कार्यक्रमको आयोजना गरिजेष्ठ नागकिरलाई वडा कार्यालयले जेष्ठ नागरिकलाई सम्मान गरेको हो । वडा कार्यालयद्वारा आयोजीत कार्याक्रममा हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राई र उपप्रमुख बिमला राईले दोसल्ला ओडाएर सम्मापत्रले सम्मान गर्नुभएको प्रमुख राईको सचिवालयले जानकारी दिएको छ ।
केही समय अघि यस नगरपालिकाले नगर भित्रकाे विभिन्न ठाउँहरुका सयाैँ महिलाहरुकाे उपचारका लागि शिविरनै संचालन गरेकाे थियाे भने खेलकुदकालागि पनि विभिन्न स्थानहरुमा खेल मैदानहरु पनि बनाईदिँदा नगरका खेल प्रेमि युवाहरु खुसि छन्।
