काठमाडौं। पैंतालिस वर्षदेखि लालपुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका करिब एक हजार २०० परिवारको जमिनबारे छानबिन गर्न छानबिन टोली फिल्डमा पठाइएको छ । दुई वडामा खटेको दुई टोलीले कोरोना सङ्क्रमणको उच्च जोखिमलगायत विभिन्न कारण दुई वर्षदेखि रोकिएको छानबिनको कामलाई निरन्तरता दिने जनाएको छ ।
निवेदन बुझ्ने काम भए पनि थप प्रक्रिया अघि बढेको थिएन । नापीले मालपोतबाट जमिनको सुरुदेखि अन्तिम जग्गाधनी को हुन् भन्नेमा स्रेस्ता आएपछि मात्रै निवेदन दिएका व्यक्तिको जग्गा दर्ता गरी लालपुर्जा दिन सकिने जनाउँदै आएको छ । हाल दुवै वडामा तेस्रो पक्षका व्यक्तिमा किनबेच नभएको जग्गा मात्रै दर्ता गर्न सकिने तथा अन्यको हकमा कानुनी आधारमा निर्क्यौल गरी प्रक्रिया थाल्नुपर्ने देखिएको जनाइएको छ ।
“निवेदनउपर छानबिन गरी जग्गादाताले आवश्यक प्रमाण जुटाउने प्रक्रिया अघि बढिरहेका बेला कोरोनाले काममा असर पार्यो, लामो छलफलपछि कामलाई निरन्तरता दिन कर्मचारी खटेका छन्, अब काम अघि बढ्ला !,” गाउँपालिका अध्यक्ष गुमानध्वन कुँवरले भने ।
ratopati.com
