Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संसद अवरुद्ध गरेर एमाले फेरि पनि संसद विघटन गर्न चाहन्छ : प्रचण्ड

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 19, 2022
[webverse_shares]

सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगातार अवरुद्ध गरेर संसद विघटन गर्ने केपी ओली प्रवृत्ति कायमै रहेकाले गठबन्धन रिल्याक्समा बस्ने अवस्था नरहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले भने, ‘लगातार सदन अवरुद्ध गरेर फेरि विघटन चाहने प्रवृत्ति अहिले पनि कायम छ । अझैपनि रिल्याक्स गर्ने स्थिति छैन । पोहोर साल पहिलो संसद् विघटन बदर भएपछि रिल्याक्स मुडमा बसियो, दोस्रो पटक फेरि विघटन आयो । जितियो भनेर रिल्याक्स गरियो भने फेरि कुनै पनि बेला प्रतिगमन फर्किन सक्छ ।’

शनिबार सिन्धुलीमा पार्टी कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले एमालेलाई केन्द्रदेखि प्रदेश सरकारबाट हटाउन गठबन्धनको ठूलो सफलता भएपनि प्रतिगमन फर्किने खतरा कायमै रहेको समेत बताए ।

उसनले आफूले पटक पटक बुढानिलण्ठ गएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिनुस् भनेर गठबन्धन बनाएको स्मरण गर्दै अबको चुनाव माओवादीले आफ्नो बलमा जित्न ध्यान दिनुपर्ने बताए ।

उनले अबको २ महिना युद्धकालीन शैलीमा काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘जसरी पनि चुनाव जित्नुपर्छ ।’
अध्यक्ष प्रचण्डले जसले परिवर्तन ल्याएको त्यसले हार्ने, र जो परिवर्तन विरोधी, त्यसले जित्ने चुनाव हुन नसक्ने भन्दै गुण्डागर्दी, धाँधली र षडयन्त्र गरेर जित्न खोज्नेलाई परास्त गर्नुपर्ने बताए ।

उनले भने, ‘भिलेन राम्रो भएन भने हिरो पनि राम्रो हुँदैन । अहिले केपी ओली जस्तो गतिलो भिलेनका कारण हामी जनतामा जान पाएका छौँ, नकारात्मक रूपमा भने पनि ओलीलाई धन्यवाद भन्ने गरेको छु ।’ उनले यो निर्वाचन हारजितको मात्र कुरा नभएर जनयुद्धका उपलब्धि जोगाउने लडाइँसमेत भएको बताए ।

यसैक्रममा उनले धेरै सोचविचार गरेरमात्र एमसीसी सम्झौता अनुमोदन गरेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा झै क्रान्तिकारी भएर देखाउँदा प्राप्त उपलब्धी गुम्ने जोखिम देखेपछि १२ बुँदे ब्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गरेको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘अहिले पनि क्रान्तिकारी टोपलिएर १२ बुँदे गर्दिन भनेको भए, केन्द्र सरकार पनि जाने, सभामुख पनि जाने, प्रदेशको सरकार पनि जाने, शान्ति सम्झौता पनि जाने । त्यसैले धेरै सोचेर एमसीसी अनुमोदन गरेका हौँ ।’

उनले कार्यकर्तासँग के हामी अहिले नै भूमिगत भएर हतियार उठाएर जाने स्थिति हो त ? भन्ने प्रश्न गर्दै भने, ‘सर्वनाश हुन लाग्यो भने जति पाइन्छ त्यति लिएर त्यहाँ टेकेर अगाडि बस्नु पो वुद्धिमानी हो । जे होस्, देश संकटबाट बच्यो ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved