खोटाङ । खोटाङमा १ हजार १सय ४७ जना म्यादी प्रहरी भर्ना गरिने भएको छ ।
स्थानीय तह निर्वाचन २०७९ का लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अघाडी बढाइने प्रनाउ उमेस लम्सालले जानकारी दिए ।
अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए पनि पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने प्रनाउ लम्सालको भनाइ छ ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउने छन् । त्यसका लागि मासिक रु ३० हजार २ सय ४० पारिश्रमिक निर्धारण गरिएको छ ।
पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार २ सय, पोसाक र अन्य खर्च गर्ने गरी छ हजार, यातायात खर्चबापत एक हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको उनले बताए ।
