खोटाङ ।प्रधानमन्त्री शेरबहादुर देउवा खोटाङ पुग्ने भएका छन् । पुल खाेटाङकाे साप्सु खाेलामा नव निर्मित माेटरेवल पुल उद्घाटनका लागि देउवा ७ चैतमा खोटाङ पुग्ने भएका हुन् ।
दिप्गारुङ चुइचुम्मा पालिकाद्वारा याम्खाको बाटोफेदीस्थित साप्सुखोलामा निर्माण गरेको मोटरेबल पुल उद्घाटन गर्न प्रधानमन्त्री देउवा खोटाङ आउने भएको दिप्रुङ चुईचुम्मा गाउपालिका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिए।
प्रधानमन्त्री देउवा हेलिकप्टरबाट आउने कार्यक्रम तय भएको छ। सो दिन मध्यान्न १३:३० बजे पुल उद्घाटन गर्ने कार्यक्रम छ । File photo
