Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सेटिंग गरेर भीजिटमा यू.ए.ई. पठाउने चितवनका बिबेक तिमल्सिना बिरुद्द नेपाली दुताबासमा उजुरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 19, 2021
864 shares

कृष्ण कुबर-अबुधाबी यू.ए.ई. समाचारदाता चितवन भण्डारा स्थायी ठेगाना भएका हाल काठमाण्डौ बौद्धमा अस्थाई रुपमा बसोबास गर्ने बिबेक तिमल्सिना बिरुद्द नेपाली दुताबास यू.ए.ई. मा उजुरी परेको छ । तिमल्सिनाले नेपालबाट सरकारी नियम बिपरीत बिभिन्न ब्यक्तिहरु सँग लाखौं रकम असुल गरी भिजिट भिसामा दुबई पठाउने र रोजगारमा नलगाई अलपत्र पार्ने गरेको गुनासो पीड़ित हरुले जनाएका छन्। आफुहरुलाई एजेन्ट विबेक तिमिल्सिनाले यूएईमा राम्रो तलब सुबिधामा काममा लगाउने बिश्वास दिलाएर नेपालबाट सेटिंग मार्फ़त पठाए पनि यू.ए.ई. आईसकेपछि लामो समयसम्म काममा लगाउन नसकेको र आफुहरुलाई खान र बस्नको सुबिधा पनि नदिएर अलपत्र स्थितिमा छोडेपछि यू.ए.ई. स्थित नेपाल एम्बेसीको शरणमा पुगी विबेक बिरुद्ध आफूहरुलाई काममा नलगाएको, खान बस्नको राम्रो सुबिधा नदिएको, बीस जनालाई चार महिना सम्म एउटै कोठामा राखेको, बिरामी हुँदा वास्ता नगरेको, फोन गर्दा- म्यासेज गर्दा धम्क्याएको भनि उजुरी दिएका छन् ।

 

नेपाल एम्बेसी, एन.आर.एन, नेपाली समाज मार्फत केहि राहत सामग्री प्राप्त गरेर केहि समय जेनतेन बस्ने बाताबरण सृजना भएको र अहिले कोहि पीडित नेपाल फर्किएको त कोहिले आफैले काम खोजी धेरै रकम तिरेर जागिरमा लागेको गुनासो पनि ब्यक्त गरेका छन। बिबेक तिमल्सिनालाई नुवाकोटका अजय तामाङ र नुवाकोटकै सुमन तामाङले पाँच लाख सत्तरि हजार रुपियाँ बुझाएको बताए, बिबेक तिमल्सिनाले उनिहरुबाट चार लाख तीस हजार लिएको स्विकार् गरेको छ।नागढूंङ्गा पोखराका कृष्ण दमाई बाट दुईलाख पचास हजार, काठमण्डौ जोरपाटीका कृष्ण खवास सङ्ग दुई लाख पचास हजार, चितवन टांडी बकुलाहार चौकका बिरेन्द्र शर्मा सङ्ग दुई लाख चालीस हजार, घर कैलाली हाल काठमाण्डौ बसोबास गर्ने बिकाश शाही ठकुरी सङ्ग दुई लाख पचास हजार रुपियाँ लिएको तर यूएईमा पुगेपछि आफुहरुले हदै सम्म दु:ख पाएको पीड़ितहरुले बताए।

 

पीड़ितहरुको भनाई अनुसार विबेक तिमिल्सिनाले आफ्नै भाई र ज्वाइँलाई समेत काममा लगाउन नसकी नेपाल फर्कन बाध्य पारेको बताए। पीडित ब्यक्तिहरुको आग्रह अनुसार बिबेक सँग यस बिषयमा सोधपूछ गर्दा पत्रकारलाई धम्क्याउने र पीडितहरुले सम्पर्क गर्दा पीडित हरुलाई अझ पिंडा दिने काम गरिरहेको छ। बिबेक तिमिल्सिना मार्फत यू.ए.ई. आएका कसैलाई पनि बिबेकले काममा लगाउन नसकेको र अलपत्र स्थितिमा छोडेर सम्पर्क बिहीन भएपछि पैसा कमाउने आशमा आएका उनीहरु निराश भै कोही नेपाल फर्कन बाध्य भएका थिएभने कोही नेपालबाट आफन्तसँग पैसा मगाएर दुबईमैं आफैले काम खोजेर थोरै तलबमा काम गर्न बाध्य भएका छन्।

 

आफूहरु संग लाखौं रकम असुली गरेर काममा लगाउन नसके पछि बिबेक सँग आफुले दिएको रकम फिर्ता माग्दा “जहाँ गएर जे गर्न सक्छस् गर , मेरो न्यूज् ट्वान्टिफोरमा मान्छे छ, रबी लामिछाने मेरो आफ्नै मान्छे हो भन्दै मानसिक तनाब दिने गरेका छन् ।पीड़ित पक्षको गुनासो लिएर पत्रकारले सम्बन्धित बिषयमा पटक पटक सम्पर्क गरेर पीड़ितहरु संग छलफल गरेर माग सम्बोधन गर्न अनुरोध गर्दा पत्रकार लाईनै धम्की दिने र सकेको गर, र म साइबर क्राइममा मुद्धा हाल्छु सम्म भनेका छन्। नेपाल सरकारले तोकेको आधिकारिक शुल्क दश हजार बाहेक अरु एजेन्टलाई कुनै रकम दिनुनपर्ने प्राबधान भए पनि एजेन्टहरुले सरकारी नियम बिपरीत अबैध रुपमा बिभिन्न लोभ र प्रलोभन देखाई सेटिंग मार्फ़त यूएई पठाउने गरेका छन् । यस बिषयमा सरकारको गम्भीर ध्यानाकर्षण हुन आबश्यक छ र यस्ता गिरोहहरुलाई कानुनको दायरा भित्र ल्याई यथाशिघ्र कारबाही गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved