खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/०७९ को संसोधित वजेट तथा कार्यक्रम, कानून स्वीकृत तथा विभिन्न समितिले प्रस्तुत गरेका प्रतिवेदन पारित गर्दै गाउँसभा सम्पन्न भएको हो ।
आइतबार र सोमबार सञ्चालित गाउँसभामा गाउँपालिका उपाध्यक्ष कविता राईले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को संसोधित बजेट तथा कार्यक्र स्वीकृत गरिएको छ । गाउँसभाले विभिन्न कानूनहरु स्वीकृत गरेको छ । विभिन्न समितिले प्रस्तुत गरेको प्रतिवेदन सर्बसम्मत पारित गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । गाउँपालिका स्थापनादेखि हालसम्म भएका कार्यपालिका बैठक तथा गाउँसभा सर्वसम्मत सम्पन्न भएको जनाइएको छ ।
