कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा नदीजन्य पदार्थ चोरेर ल्याउँदै गर्दा २ सवारी साधन पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार आइतवार लोहरौला नजिकको खोलाबाट लु ३ त ५५१० नम्वरको टयाक्टर र रा १ ख १५३५ नम्बरको टिप्पर पक्राउ परेको बताइएको छ ।
पक्राउ परेको ट्याक्टर नेकपा माओवादी केन्द्र विजयनगर गाउँ कमिटि अध्यक्ष तेज प्रसाद पौडेलको रहेको स्थानीय कैलास भारतीले जनाएका छन् ।माओवादी केन्द्र जस्तो जिम्मेवार दलको प्रमुखको सवारी साधन चोरी गरेको अवस्थामा पक्राउ हुनु लाजको विषय भएको स्थानीयले बताएका छन् ।
पक्राउ परेका सवारी साधन सोमवार विजयनगर गाउँपालिकालाई जरिमाना तिराई खुसुक्क निकालिएका छन् । पालिकाले सवारी साधनलाई १० हजार रुपैयाँ जरिमाना तिराएको छ ।
