Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्थानीय तहमा भएको अनियमितता विरुद्ध अख्तियारमा २४ उजुरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 14, 2022
87Shares

खोटाङ । खोटाङका स्थानीय तहमा भएका अनियमितता तथा भ्रष्टाचार विरुद्ध अख्तियारमा २४ वटा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास, महोत्तरीले आइतबार खोटाङको दिक्तेलमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष २०७७र०७८ देखि २०७८,०७९ माघ मसान्तसम्ममा ५ वटा मात्र उजुरी फस्र्यौट भएको जानकारी दिइएको छ ।

खोटाङका १० स्थानीय तहमध्ये रावाबेँसी गाउँपालिकामा भएका अनियमितता विरुद्ध ५ वटा उजुरी परेकामा १ वटा, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४ वटा उजुरी परेकामा १ वटा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३ वटा उजुरी परेकामा १ वटा फस्र्यौट भएको अख्तियारले जनाएको छ ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा भएका अनियमितता तथा भ्रष्टाचार विरुद्ध १ वटा, साकेला गाउँपालिकामा १ वटा, खोटेहाङ गाउँपालिकामा १ वटा, केपिलासगढी गाउँपालिकामा १ वटा र बराहपोखरी गाउँपालिकामा १ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास, महोत्तरीका प्रमुख सह–सचिव गोपालकुमार अधिकारीले जानकारी दिए ।

आयोगका अनुसार त्यी सबै उजुरी फर्स्यौट गर्न बाँकी छ । उजुरी फस्र्यौैटको तथ्यांक भने न्यून देखिएको छ । आयोगको पत्र ढिलो दर्ता गर्ने, कार्य प्रारम्भ ढिलो गर्ने, पटक–पटक ताकेता गर्नुपर्ने लगायतका कारण उजुरी फर्स्यौटमा ढिलाइ भएको आयोगले जनाएको छ ।

‘मागेको भन्दा बढी कागजात पठाउने तर आवश्यक कागजातरविवरण नपठाउने, सम्पर्क विन्दुरएकाईको गठन नभएको, फोन नउठाउने, कार्यालयमा नभेटिने समस्या छ,’ अधिकारीले भने, ‘स्थलगत निरीक्षणबिना जवाफ पठाउने, कार्यालयले आरोपित व्यक्तिरनिकायरप्रतिबेदककै जवाफ संलग्न गरेर पठाइदिँदा नि अनुसन्धान ढिला हुने गरेको छ ।’ कतिपय उजुरी पर्ने बित्तिकै योजनासँग कामकारवाहीहरु रोक्ने, आयोगरकार्यालयको सुझाव कार्यान्वयनलाई कम प्राथमिकता दिने, कमजोर अभिलेख प्रणाली लगायतका कारण उजुरी किनारा लगाउन समस्या भइरहेको अख्तियारले जनाएको छ ।

अख्तियारमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत ईस्टिमेट तयार पार्ने, बजेट टुक्रयाएर खरिद गर्ने, आवश्यक भन्दा धेरै सामाग्रीहरू खरिद गर्ने, स्टक पिनिङ गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समिति सम्वन्धी कार्यविधि पालना नगर्ने सम्वन्धी बढी उजुरी पर्ने गरेको छ ।

यस्तै, कर्मचारी नियुक्तिमा मिलेमतो, नजिकका र आफन्तलाई विना प्रतिस्पर्धा नियुक्ति दिईने, तालिम र क्षमता विकास सम्वन्धमा कार्यविधि पालना नगर्ने, अपारदर्शी तरिकाले कार्यक्रम सञ्चालन गर्ने, सहभागीको किर्ते हस्ताक्षर गर्ने प्रकृतिका उजुरी परेको अख्तियारले जनाएको छ ।

‘सेवा प्रवाहमा विचौलियाको प्रभाव छ, शिक्षक भर्नामा अनियमितता भएको उजुरी परेको छ,’ अख्तियारको प्रतिबेदनमा भनिएको छ, ‘बढि बिद्यार्थी देखाई पाठ्यपुस्तकमा, दिवा खाजामा, छात्रवृत्तिमा अनियमितता भएको, सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको उजुरी पर्ने गरेको छ ।’ नेपाल वाइडबाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved