काठमाडौं । संघीय शेर्पा प्रान्तीय मञ्च नेपालले काठमाडौंमा एक कार्यक्रम आयाेजनागरी ल्हाेसार सुभकामना आदान प्रदान गरेकाे छ।
राज्यले हरेक जात,जाति,धर्म,बर्ग र बर्णकाे मानिसहरुलाई आ-आफ्नाे धर्मलाई अनुसरण गर्दै समाज र समुदायमा आफ्नाे धर्म संस्कृतिकाे जगेर्नामा राेक नलगाई संरक्षण र सम्बर्द्धन गर्न राेक नलगाएकाे हुँदा शेर्पा समुदायले पनि आफ्नाे समुदायमा सुभकामना आदानप्रदान गरेकाे हाे।
कार्यक्रममा प्रमुख अतिथि लामा गुरु पासाङ तेम्बाले याे समुदाय भित्र पनि ल्हाेसारलाई पनि विभिन्न तरिकाले मनाउँदै रहेपनि खासमा बुद्धले भने ल्हाेसारलाई पुरानाे बर्षलाई बिदा गर्दै नयाँ बर्षमा सुस्वास्थ्य,दिर्घआयु र प्रगतिकाेलागि सुभकामनाकाे समयमात्र हाे भनिएकाे बाताए ।
यस्तै, कार्यम्रममा आफ्नाे मन्तब्य राख्दै संघीय लाेकतान्त्रिक मञ्च नेपाल संघिय शेर्पा प्रान्तीय उपत्यका अध्यक्ष मिक्तक इवाहाङ लिम्भुले राज्यले हामी शेर्पा समुदायलाई आफ्नाे फाइदाका लागि मात्र प्रयाेग गरेकाे हुनाले जहिलेपनि हाम्राे समुदाय पछि पर्याे र हामिले प्रयाेग गर्ने भेषभुसालाई राज्यले समुदायमा मात्रै सिमित राख्याे, सबै परिवर्तनहरु राजनितिबाटमात्रै सम्भव भएकाेहुनाले आगामि निर्वाचनमा आफ्नै समुदायकाे प्रतिनिधिहरुलाई सहयाेगगरि राज्य संयन्त्रमा पुर्याउ आग्रह गरे ।
यसैगरि , संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चका उपमाहा सचिव दिपा आंदाम्वे लिम्भुले ल्हाेसारकाे सुभकामना दिँदै जब सम्म भाषा, धर्म र संस्कृतिकाे जगेर्ना गर्न सकिन्न तब सम्म हामिले आफ्नाे अस्थित्वलाई जिवित राख्न नसकिने हुँदा शेर्पाहरुकाे आफ्नाे अस्थित्वकाे कित्तामा सदा लडिरहेकाे पार्टि संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चकाे चुनाव चिन्ह दापसहितकाे खुकुरी मा आगामि बैशाख ३० काे हुने स्थानिय निर्वाचनमा भाेट दिँदै आफ्नाे अस्थित्वकाे संरक्षण गर्न आग्रह गरेकाे छ।
संघिय लाेकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका उपाध्यक्ष तथा संघिय शेर्पा मञ्च प्रदेश नम्मर एकका अध्यक्ष तेन्टी शेर्पाकाे सभापतित्वमा भएकाे साे कार्यक्रमलाई दावाछिरिङ शेर्पाले स्वागतकाे मिठाे मन्तब्य सहित ल्हाेसारकाे सुभकामना ब्यक्त गरिएकाे थियाे।
