महेश यादव
नवलपरासी । एबिसी नेपालको आयोजना तथा सरावल गाउँपालिकाको समन्वयमा पश्चिम नवलपरासिको सरावल – २ तिलौलिमा सोमबार बाल क्लब गठन तथा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ ।
टोलकी माधुरी हरिजनको अध्यक्षता तथा एबिसी नेपाल सरावल गाउँपालिकाकी फिल्ड सुपरवाइजर साईदा निशा पठानको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा बोल्दै सहजकर्ता साइदा निसा पठानले अहिले सरावल गाउँपालिकाको समन्वय र एबिसी नेपालको नेतृत्वमा सबै टोलहरुमा बाल क्लब गठन गर्ने अभियान नै सुरु भएको हुदा यस तिलौली टोलमा पनि गठन गरिएको र बालबालिकाहरुको क्षेत्रमा उनिहरुको स्वास्थ्य, खेलकुद लगायत विभिन्न विषयहरुमा अहिले सरावल गाउपालिका संग हातेमालो गर्दै एबिसी नेपालले काम गरिरहेको बताउनुभयो ।
साथै उहाँले बालबालिका भबिस्यको कर्णधार भएको हुदा उनिहरुको सबै क्षेत्रमा बिकास गर्नको लागि अभिभावहरुको अहम भुमिका रहने कुरामाथी जोड दिदै आगमी दिनमा बालबालिकाको क्षेत्रमा एबिसी नेपाल विभिन्न योजनाहरु अघि सारी कार्य गर्दै जाने बताउनुभएको छ । सो अवसरमा विशेष अतिथिको रुपमा बोल्दै प्रगती किशोर किशोरी संजाल सरावल २ कि सचिव शान्ती ठाकुरले अहिलेको सन्दर्भमा बालबालिकाहरुलाई विभिन्न क्षेत्रमा जानकारी तथा सचेतनामुलक कार्यक्रमको आवश्यक भएको हुदा उनिहरुलाई अगाडी बढाउन तपाईं हामी सबै लाग्नुपर्ने र साथ सहयोग गर्नुपर्ने धारणा राख्नु भएको थियो ।
सम्पन्न कार्यक्रममा माधुरी हरिजनकै अध्यक्षतामा ११ सदस्यीय सृजनशिल बाल क्लब गठन गरिएको छ । जसको उपाध्यक्षमा राहुल हरिजन, सचीव रिखी हरिजन, सह सचिव चित्रकला ठाकुर, कोषाध्यक्ष प्रीति ठाकुर रहनु भएको छ भनी सदस्यहरुमा निर्जला राय, बन्दना हरिजन, हर्सित ठाकुर लगाएत रहनुभएको छ । सो अवसरमा पत्रकार टेक बहादुर हरिजन लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको संचालन भने सचिव रिखी हरिजनले गर्नुभएको थियो ।
