Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गजौडेका कृषकले पाए अनुदानमा हाते ट्र्याक्टर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 13, 2022
3 shares

दमौली । कृषि ज्ञान केन्द्र तनहुँले व्यास –९ गजौडेका कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । सुनौला नयाँ गोरेटो कृषि सहकारी संस्थामा आबद्ध कृषकलाई ज्ञान केन्द्रले हाते ट्र्याक्टर वितरण गरेको हो ।

पचास प्रतिशत अनुदानमा नौवटा हाते ट्र्याक्टर वितरण गरिएको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । कृषिमा यान्त्रिकीरण गर्ने उद्देश्यसहित हाते ट्र्याक्टर वितरण गरिएको तिवारीले बताए । हाते ट्र्याक्टरको कूल लागतको पचास प्रतिशत कृषकले र पचास प्रतिशत कार्यालयले व्यहोरेको छ ।

“लागत घटाउँदै कृषिमा यान्त्रिकीरण गर्नका लागि कृषकलाई उपकरण दिएका हौँ”, उनले भने, “परम्परागत प्रविधिको खेतीले आम्दानीभन्दा खर्च धेरै भइरहेको छ । कृषिमा यान्त्रिकीरण गर्न सके लागत घट्न गई आम्दानी बढाउन सकिन्छ ।” जिल्लाकै ऋषिङ गाउँपालिकाले कृषकलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । गाउँपालिकाले वडा नं ४ भिरकोटका कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको हो ।

परम्परागतरूपमा कृषि पेशा गर्दै आएकालाई व्यावसायिक बनाउन १० कृषकलाई हाते ट्र्याक्टर उपलब्ध गराइएको प्रवक्ता विजय दरैले जानकारी दिए । हाते ट्र्याक्टर पाएपछि यहाँका कृषक खुसी भएका छन् । खेतबारी जोत्नका लागि गोरुको प्रयोग गर्दा लागत महँगो हुने गरेकाले हाते ट्र्याक्टरले लागत पनि कम गराउने बताइएको छ । गाउँका युवा विदेशिएकाले कृषि क्षेत्रमा काम गर्ने मजदुरको अभाव खेपिरहेका किसानलाई ट्र्याक्टर पाएपछि सहज हुने विश्वास गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भने, “हाम्रो मुलुकमा विकसित प्रविधि किसानको पहुँचमा पुर्याउन नसक्दा निर्वाहमुखी उत्पादनमा अल्झिएका छौँ ।” ऋषिङका अधिकांश भू–भाग भिरालो भएकाले साना र हलुँगा किसिमका हाते ट्र्याक्टर किसानलाई उपयुक्त हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved