Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माओवादि केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नै खर्चमा आगामि चुनाव लड्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 12, 2022
145

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै तागदमा निर्वाचन लड्ने बताएका छन् । आज (शनिबार) नुवाकोट पुगेको बेलामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले हाम्रो पार्टी पनि निर्वाचनमा होमिएको छ । निर्वाचन केन्द्रित दुई महिने अभियान लिएर जाँदैछौं । एमसीसीलाई लिएर फेरि विभाजित हुने हो कि भन्ने चर्चा उठे । हामीले केन्द्रीय कमिटीमा पनि यो विषयमा छलफल भएको छ, सम्पूर्ण रुपमा चुनावमा केन्द्रित भएर जानुपर्छ । अभियान पनि देशव्यापी रुपमा चल्नुपर्छ। पार्टीलाई विजयी बनाउने योजना छ ।’

उनले आफूहरुले आफ्नै खुट्टामा उभिएर र आफ्नै तागदमा उभिएर चुनाव जित्ने कुरालाई प्राथमिकता दिएको पनि सुनाए । उनले भने,‘हामी आफ्नै तागदमा चुनाव लड्छौं । तर, तालमेल गर्दा गठबन्धनकै बीचमा जोड गर्ने भन्ने छ । एमसीसी जस्ताको त्यस्तै पारित गर्नुहुँदैन् भन्ने पार्टी माओवादी केन्द्र हो । राजनीतिक घट्नाक्रम बढ्दै जाँदा, त्यसपछि एउटा परिस्थिति बन्यो कि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरियो । अब यसलाई चुनावपछि व्यापक छलफल र बहस चलाउँछौं । विभिन्न फोरममा यो विषयमा बहस चल्छ ।’

उनले पार्टीका स्वर्गी नेता पोष्टबहादुर बोगटीलाई सरल मिलनसार व्यक्तित्वको धनी भनेर चित्रण गरे । उनले भने,‘पोष्टबहादुर बोगटी, देशकै लोकप्रिय नेताको रुपमा स्थापित हुनुहुन्थ्यो । नेपाली जनताको सर्वोच्च हितको लागि जीवन समर्पित गर्नुभयो । सरल र मिलनसार व्यक्तित्व हुनुहुन्थ्यो । जुन जुन जिम्मेवारी लिनुभयो, सबै पक्षलाई मिलाएर खासगरी समन्वयकारी भूमिकासहित काम गर्नुभयो । विचार राजनीति र मुद्दामा दृढ रहनुभयो । नेपालकै कम्युनिष्ट आन्दोलनको एउटा स्थलको रुपमा नुवाकोटलाई चिनाउने काम हुन्छ । आज उहाँको शालिक अनावरण गर्न आएका छौं ।’ File photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved