Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अहिले लोकतन्त्रको पक्षमा होइन,सेटिङमा सबै काम भइरहेको छ : पूर्वप्रधानमन्त्रीओली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 12, 2022
21 shares

पोखरा। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई दशा लागेकाले आफ्नो नेतृत्वको झन्डैको दुई तिहाइको सरकार ढलेको टिप्पणी गरेका छन् । ‘सरकार ढालेर गएर हेर्नुस्, त ढोकाबाहिर पर्खिएर बसेका हुन्छन्, भित्रबाट प्रसाद आउँछ कि भनेर’ उनले भने, ‘कताका जंगेहरू कताका बंगे भए । बुद्धि बिग्रिएपछि त्यो हुन्छ, तपाईंहरूले त्यो गर्नुहुँदैन ।’

प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतमा अहिले गोरु ब्याएको मात्र नभई पाँचवटा गठबन्धनरूपी बाच्छा जन्मेको टिप्पणी गरे । ओलीले अहिले संविधान, जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडिरहेको बताए । सेटिङमा सबै भइरहेको दाबी गर्दै उनले जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडाइएको बताए । उनले भने, ‘अहिले लोकतन्त्रको पक्षमा होइन । सेटिङमा सबै काम भइरहेको छ । एक जना न्यायाधीशले अमेरिकाबाट इमेल लेख्छन्, केपी ओलीको सरकार नढाली भएको थिएन, त्यसैले संविधानबाहिर गएर फैसला लेख्नुपरेको हो ।’

अहिलेको राजनीतिक दुई धारमा बाँडिएको उनको भनाइ छ । उनले देशको अर्थतन्त्र ध्वस्त पार्ने काम भइरहेको दाबी गर्दै देश बिग्रन नदिन कति बलिदानी दिनुपर्ने हो? भनी प्रश्न गरे । उनले जनतालाई अल्मल्याउने काम गर्नुहुँदैन भन्दै आगामी निर्वाचनले सत्यको सम्मान गर्ने विश्वास व्यक्त गरे ।

उनले सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरूको समय बर्बाद बनाउने खालको हुन नहुने सुझाव पनि दिए । ‘समय प्रविधिमय छ, हामी ट्वीटर, फेसबुक, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरूको समय बर्बाद बनाउनुहुँदैन,’ उनले भने, बरु सूचना, ज्ञान दिनेखालको हुनुपर्छ ।’ उनले जीवन उत्पादनमूलक, उपयोगी, समूचित ढंगले जिउनुपर्छ भने । उनले हाम्रो लेखाइ केही अर्थ दिनेखालको हुनुपर्छ भन्दै सोही ढंगले कलम चलाउन पत्रकारलाई सुझाव दिए । उनले भने, ‘देश, जनता र समाज परिवर्तन गर्नेखालको उत्पादनमूलक हुनुपर्छ । हाम्रो बुद्धिको सदुपयोग गर्नुपर्छ । कलमका सदुपयोग गर्नुपर्छ ।’

स्वतन्त्रताको नाममा पितपत्रकारिता गर्नु बेइमानी हुने भन्दै एमाले अध्यक्ष ओलीले निष्ठाको पत्रकारिता, कत्र्तव्यको पत्रकारिता, विकासको पत्रकारिता गर्नुपर्ने सुझाव दिए । उनले राज्यको चौथो अंगबाट राष्ट्रको जिम्मेवारी वहन गर्न प्रेस चौतारीको महाधिवेशनले एकताको सन्देश देओस् भनी सदीक्षा व्यक्त गरे ।

उनले अहिलेको युगमा रामराज्यको व्याख्या गरेर खासै स्वाभाविक नहुने बताए । ‘सत्ययुगको व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चोरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पत्ति भए पो चोर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पो फुटाउने,? ओलीले भने, ‘रामराज्य कस्तो थियो रु कसैलाई थाहा छैन । सत्ययुग, त्रेतायुग, द्वापरयुग कस्तो न थियो भन्ने भ्रमबाट बाहिर निस्कनुपर्छ ।’ राजधानी दैनिक

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved