पोखरा। नेकपा एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जाल प्रयोग गर्दा अरुको समय बर्बाद बनाउन खालको हुन नहुने बताएको छ ।शुक्रबार पोखरामा प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउन खालको हुन नहुने बताए ।
बरु सूचना दिने खालको हुनुपर्ने उसको भनाइ छ ।‘हामी ट्विटर, फेसबुक, युट्युव, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउनु हुँदैन,’ उसले भने, ‘बरु सूचना, ज्ञान दिने खालको हुनुपर्छ ।’यस्तै अध्यक्ष ओलीले राम नेपालमै जन्मिएको दाबी दोहोर्याए । सम्बोधन गर्दै उसले भने ,रामका बा ठोरीका हुन् । माडी र ठोरीको बीचमा जन्मिएका हुन् । उसले मेसोपोटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए । उसको नाम नेगीबाट दशरथ बन्यो ।ओलीले अहिलेको युगमा राम राज्यको व्याख्या गरेर खासै स्वभाविक नहुने बताए ।
‘सत्ययुगको व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चोरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पति भए पो चोर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पो फुटाउने,? ओलीले भने, ‘राम राज्य कस्तो थियो ? कसैलाई थाहा छैन ।सत्ययुग, त्रेतायुग, द्वापर युग कस्तो न थियो भन्ने भ्रमबाट बाहिर निस्कन ओलीले आग्रह गरे। रावणको पालामा जुत्ता चप्पल बनेको थिएन । लक्षमणले रामको खराउ मागेर त्यसलाई सिंहासनमा राखेर राज्य गर्छु भनेको थियो , ओलीले भने, कपडा बनिसकेको थिएन , अरु सबै होहल्ला हुन् । तर, आज हामी विकासको शिखरमा छौं । पृथ्वीको सृष्टि पार गरेर सबैभन्दा सुविधायुक्त समयमा छौं ।
