Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आमूल परिवर्तन पार्टि नेपालकाे प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: गिरि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 10, 2022
609

काठमाडौं ।आमूल परिवर्तन मसिह पार्टी नेपालको प्रथम महाधिवेशन काठमाडौंको सुकेधारा स्थित एक पार्टी प्यालेसमा बुधबार भव्य समारोहबीच सम्पन्न भएकाे छ।

“ विस्वास, योग्य, र इमानदारी राजनीतिक नेताको साथ आधुनिक नेपाल निर्माण गर्न एक होऔं ” भन्ने नाराको साथ भएको कार्यक्रममा देशैभरका नेता, प्रतिनिधि, परिब्यक्षक साथै हजाराैँकाे संख्यामा मानिसहरुकाे उत्साहजनक उपस्थिति रहेको थियोे ।

महाधिवेशनमा नेकपा एमालेका नेता एवं पुर्व कानुन तथा स्वास्थ्य मन्त्री शेर बहादुर तामाङ, जनता समाजवादीका तरफबाट जनजाति नेता आङकाजी शेर्पा, नेकपा एकीकृत मावोबादिका बिहानी बि. क र मुक्ति आन्दोलन पार्टिका जितेन्द्र घिमिरे लगाएत नेताहरूको सहभागिता रहेको कार्यक्रम आयाेजकले बताएकाे छ।

कार्यक्रम २ दिन हुने भनिए पनि प्राविधिक समस्याको कारण बुधबार राति करिब १० बजे नै सकिएको थियाे। बुधबार बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म उद्वघाटन सत्र र तेसै दिन दिउँसो २ बजेबाट राति १० बजेसम्म बन्द सत्र चलेको थियोे ।कार्यपत्र, राजनैतिक दस्तावेज र संसोधित विधान पास गरिसकेपछि पुरानो कार्यसमिति भङ्ग भए सगै ३ सदस्यीय निर्वाचन मण्डल बनेको थियो। निर्वाचन मण्डलको नेतृत्वमा अधिवक्ता छन्द प्रसाद आचार्य र सदस्यहरुमा माननीय उत्तमकुमार परियार र याम राज वेघा रहेकाे जनाइएको  छ ।

नेपालको इतिहासमा पृथक मुल्य मान्यता राजनीति संस्कारको स्थापनार्थ विश्वमा नै एउटा दर्शन आवस्यक भन्ने ठानेर आध्यात्मिक भौतिक समुन्नवाद नामक नयाँ दर्शनका प्रवर्दक तथा संस्थापक अध्यक्ष भरत गिरी पुन: निर्विरोध अध्यक्ष पदमा निर्वाचित भए , भने  गिरीको नेतृत्वमा ७१ केन्द्रीय कार्यसमिति बनेको छ।

महाधिवेशनले कार्यसमितिको उपाध्यक्षमा शुसिला वेगा र डिल्ली प्रसाद चौलागाई, महासचिवमा विष्णुरत्न लामा, उप- महासचिवमा ध्रुर्वराज गिरी र जेपि राज बज्राचार्य, देवेन्द्र कुमार लिम्बू (डेभिड ), उप-सचिव पासाङ तामाङ, दिर्घराज चौलागाई र सोम तामाङ,कोषाध्यक्षमा सोम नोर्वु शेर्पा, उप-कोषाध्यक्षमा विष्णुमाया गुरुङ (लुइस) र प्रकाश बस्नेत लगाएत सदस्यहरु सर्वसम्मत चयन भए। सामान्य फेरबदल बाहेक पुरानै पदाधिकारीहरू नै सर्वसम्मत निर्वाचित भएका छन् भने पार्टीमा कार्यकारिणी अध्यक्ष प्रणाली विधानले व्यवस्था गरेको छ।

कार्यक्रमबाट लुम्बिनी प्रदेशका लागि मेघराज घिमिरेलाई जिम्मेवारी प्रदान गरिएको स्रोतले जनाएको छ। केन्द्रीय समितिमा करिब ३० जनालाई मनोनयन गर्ने र आवश्यक अनुसार चाडै पदपूर्ति हुने पनि जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved