कठमाडौ । यति बेला कठमाडौ उपत्यका लगायतका देशभरका आम भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई बसोबासको आधारमा लालपुर्जा दिलाउने र स्थायी विकल्प विनाको उठीबासलाई सदाका लागि बन्द गर्न सामूहिक दबाब सृजना गरी सुकुम्बासी मुक्त राष्ट्र निर्माणको आन्दोलनलाई संयुक्त राष्ट्रि«य सुकुम्बासी मोर्चा, नेपालले उत्सर्गमा पुर्याउन निरन्तर सघर्ष गरीरहेको छ ।
उपत्यका भित्रका नदी खोला लगायत आसपासका क्षेत्रमा बसोबास गरेका आम भुमिहिन, सुकुम्बासी तथा अव्यवश्थीत बसोबासीका घर टहरा भत्काउन २०७८ माघ १४ गते बाट निरन्तर १५ दिने, ७ दिने, ३ दिने सुचना निकालेकोमा सम्बन्धित निकायलाई पटक पटक मोर्चाले गरेको प्रयासबाट हाललाई सुचना स्थगीत गर्न सफल भएका छौ ।
मोर्चाले बस्ती रक्षाका लागि मन्त्रालय, राजनैतिक पार्टी तथा सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने ध्यानाकर्षण र्याली लगायतका संघर्षका कार्यक्रम गरी उपत्यकामा समेत भुमि आयोग गठन गरी लालपुर्जा वितरण गर्नुपर्ने माग राखी सुकुम्बासी मुक्त राष्ट्र निमार्णको लागि संघर्षरत छ ।
यो महानकार्यमा सबै सुकुम्बासी संघ संगठनहरु मिलेर सुकुम्बासीको अधिकार सुनिश्चीत गर्न एकीकृत रुपमा दबाब दिनुपर्ने बेलामा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल सुकुम्बासी संघले एक्कासी सामाजिक सञ्जालमा एक अपरिपक्क, समुदायको हित विपरीत वर्ग प्रतिको गद्धारी, द्धैध चरित्र देखाउदै एकलमनाबादी सोच राखी संगठन मोर्चामा नरहेको भनी प्रेस विज्ञप्ती निकालेको प्रति मोर्चाको गम्भिर ध्यानाकर्षण भएको छ ।
उक्त संघको नेतृत्व २०६८ सालमा प्रेस विज्ञप्तीमा उल्लेख भए जस्तै चरम व्यक्तिवादी सोच र अवसरवादी प्रवृतीले थापाथली बस्तीमा डोजर लागेको झण अहिले पनि मानसपटलबाट ओझेल हुन सकेको छैन । त्यस पश्चात मोर्चा लामो समय निस्कृय र्हेको थियो । २०७६ आश्विनामा मोर्चा पूर्नगठन गरी पौष २ गते रौतहटमा मोर्चाको चौथो बैठकमा अखिल नेपाल सुकुम्बासी संघको चलानी नं. १२९ को पत्रबाट टिकाराम गुरुङ्गको नेतृत्वमा ९ सदस्य प्रतिनिधी पठाएको मोर्चा संग रेर्कड छ । २०७६ माघमा मोर्चाले सुदुरपश्चिम प्रदेशमा प्रदेश समिति, कैलाली जिल्ला र कञ्चनपुर जिल्ला समिति गठन गरी रहदा प्रदेश र कञ्चनपुर जिल्लामा अनेसुसंघले नेतृत्व नै लिएको थियो ।
काठमाण्डौमा २०७६ मा भएको जनजागरण अभियान होस या २०७८ माघ २९ गते गोठाटारमा बस्ती रक्षा अभियानको उदघाटनमा समेत अनेसुसंघका केन्द्रिय उपाध्यक्ष तथा मोर्चाका बरिष्ठ उपाध्यक्ष टिकाराम गुरुङ्ग सहभागी भई मन्तव्य राखेको फोटो र भिडियोहरु विभिन्न सञ्चार माध्यम सर्वत्र छन् । २०७८ माघ २१ गते शहरी विकास मन्त्रालयमा बसी छलफलबाट भएको निर्णय अनुसार मोर्चाले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिमा २ जना प्रतिनिधी चयन गरी पठाएको छ । त्यो सधै र सबै सुकुम्बासी समुदायको हितमा रहने नजिर स्थापित भएको छ । समुदायको स्थायी व्यवस्थापन बिना सुचना जारी नगर्ने निर्णय भई पटक पटक बागमती सभ्यता विकास समिति संगको बैठक बसी काडाघारी लगायतका बस्ती व्यवस्थापनमा मोर्चा सकृय भएर लागेको अवस्थामा अनेसुसंघको विज्ञप्ती आउनुलाई २०६८ सालको पुनरावृती गर्ने कुचेष्टा नै हो भन्ने मोर्चाको ठहर छ ।
यसबेला सुकुम्बासी आन्दोलनले एउटा उचाई तर्फ लम्कदै आफनो कार्यक्रम अगाडी बढाएको समयमा अहिले नै मोर्चाको कारण सुकुम्बासीले अधिकार पाए भने आफनो मागी खाने राजनिती सकिने डरले उक्त संघ नेतृत्वको सांगठनिक अपरिपक्कता झल्कने उक्त विज्ञप्तीका बारेमा मिति २०७८ फाल्गुण २४ गते बसेको मोर्चाको ३९ औ बैठकको निर्णय अनुसार सो संघलाई तत्काल मोर्चाबाट हटाउने र त्यस संघका सचेत, वर्ग समुदाय प्रति इमान्दार बफादार पदाधिकारी तथा सदस्य जो कोहीलाई मोर्चाको अभियानमा सदैव ढोका खुल्ला रहने समेत निर्णय गरेको हुदाँ त्यस भ्रमित प्रेस विज्ञप्ती प्रति कोही कतै नअल्मलिन हामी मोर्चामा आवद्ध सबै घटकहरु स्पष्ट पार्न चाहन्छौ ।
यो मुलुक बहुदलिय व्यवस्था प्रणालीमा सञ्चालन भएको अवस्थाको समेत हेक्का राख्न नसकी म एक्लै आकाश थेग्छु भन्ने बालमनोविज्ञानबाट आवेगमा विवेक गुमाएर सामुहिक एकतामा सुकुम्बासी मुक्ति हुन्छ भन्ने कुरालाई जानीजानी लत्याएर वर्ग प्रतिको गद्धारी गर्दै सामुहिक फोविया भएको ठहर गरी मोर्चाले तत्काललाई कारवाही गरेको छ ।
अतः अब सुकुम्बासी माथी भ्रमको राजनिति गर्ने प्रति सजग हुदै सबै सुकुम्बासीको हित चाहने मानवअधिकारवादी, महिला अधिकारवादी वालअधिकारवादी नागरिक समाज सबैमा मोर्चामा आवद्ध हुन बाकी सबै संघ संगठन संस्था लाई आवद्धताका लागि हार्दिक निमन्त्रणा गर्दछौ । साथैै मोर्चाले यहि फाल्गुण २७ गते ११ बजे माईतीघर मण्डलामा भेला भई विशाल र्रयाली सहित बानेश्वर पुगी सडक सभा गर्ने भएकाले उक्त सभामा सहभागी हुन समेत सबै अधिकारकर्मी,सञ्चारकर्मी तथा सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौ ।
नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक)
नेपाल भुमिहिन सुकुम्बासी संगठन (नेकपा एमाले)
नेपाल सुकुम्बासी संघ (नेपाली कागे्रंस)
नेपाल भुमिहिन सुकुम्बासी संगठन समाजवादी (नेकपा एस)
नेपाल सुकुम्बासी व्यवस्थापन संघ (जसपा, नेपाल)
अखिल नेपाल सुकुम्बासी संघ (राष्ट्रिय जनमोर्चा)
अखिल नेपाल क्रान्तीकारी सुकुम्बासी संघ (नेकपा क्रान्तीकारी माओवादी)
अखिल नेपाल सुकुम्बासी संघ (माओवादी कम्युनिष्ट पार्टी, नेपाल)
नेपाल लोकतान्त्रिक सुकुम्बासी संघ (नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिक)
नेपाल भुमिहिन सुकुम्बासी जागरण संघ ( जनजागरण पार्टी, नेपाल)
जनहित सुकुम्बासी संगठन ( नेपाल दलित पार्टी)
सुकुम्बासी विशेष क्षेत्र संघ ( राष्ट्रिय जन अधिकार पाटीै)
नेपाल बसोबास बस्ती संरक्षण समाज
राष्ट्रिय अव्यवस्थित बस्ती संरक्षण समाज
स्वतन्त्र नागरिक समाज, नेपाल
बस्ती बिकास सेवा समाज
प्रतिनिधि, राप्रपा


