काठमाडौं ।जनप्रतिनिधि आएपछि सप्तरीको जिल्ला सबैभन्दा विवादित छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलको निर्देशनमा बुधबार पालिकाको कार्यालयमा तालाबन्दी भएको छ। अध्यक्ष मण्डलले महिलाहरु ल्याएर आफ्नै निर्देशनमा कार्यालयमा तालाबन्दी गराएको स्थानीयका आरोप छ।
नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकामा आएको रकम भुक्तानी नदिएको भन्दै महिलाहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार यादवसहितका कर्मचारीलाई कार्यालय बाहिर जान लगाएर अध्यक्ष मण्डलको निर्देशनमा ताला लगाएको स्थानीय श्याम मण्डलले बताए। कर्मचारीका कारण भुक्तानी रोकिएको आरोप लगाउँदै अध्यक्ष मण्डलले कार्यालयमा ताला लगाउन लगाएको उनले बताए।
अध्यक्षजी आफ्नो एकल निर्णयमा आफूखुसी खरिद गरेका सरसामानको ४ करोड भुक्तानीको दिए मात्रै अख्तियारी दिने भनेपछि उनीहरूबीच विवाद हुँदै आएको थियो । अध्यक्षका अनुसार ४ करोड रुपैयाँ भुक्तानी दिन कानुनले नमिल्ने कर्मचारीहरुले बताएपछि आफ्नो निर्देशनमा ताला लगाएको बताए । ratopati.com
