खाेटाङ। खाेठाङकाे हलेसी तुवाचुङ नगरपालिका ५ बतासेघाट ३२ किलाे ४८५ ग्राम गाँजा सहित दुईजनालाई हलेसि प्रहरिले पक्राउ गरेकाे छ।
बतासेमा लागूऔषध गाँजाकाे काराेबार भैरहेकाे सुचनाकाे आधारमा इलाका प्रहरी कार्उालय हलेसिबाट गएकाे प्रहरिले साेहि नगरपालिका युवराज राई र धिरज राईलाई उक्त लागू औषध गाँजा सहित पक्राउ गरिएकाे जनाएकाे छ।
हलेसि तुवाचुङ नगरपालिका ५ बतारसे घाट नजिक रहेकाे सुईटेखाेला किनार बगरमा त्रिपाल ओछ्याई बाेरामा राखेर बिक्रिगर्न लागिरहेकाे अवस्थाकाे गाँजा बरामत गरि पक्राउ परेकाे दुबै जनालाई कानुन बमाेजिम कार्वाहिका लागि जिल्ला अदालत खाेटाङबाट म्याद थप गरि अनुसन्धान भैरहेकाे इलाका प्रहरी कार्यालय हलेसिले जनाएकाे छ।
