Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रुखमा डाेरा बनाई पढेर चर्चामा आएका बिध्यार्थि धनकुमार मगरलाई “चर्चित बिध्यार्थि”काे उपाधि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 8, 2022
3 shares

खोटाङ। कोभिड–१९ को महामारीका बेला रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चा कमाएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई उनी अध्ययनरत विद्यालयले वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरेको छ ।

सरस्वती माबि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरलाई कोभिड–१९ को महामारीका समयमा विद्याल बन्द हुँदा रुखमा टाँड बनाएर भर्चुअल कक्षामा सहभागी भएकामा प्रोत्साहन स्वरुप सो विद्यालयको ६२ औं वार्षिकोत्सवको अवसरमा वर्ष चर्चित विद्यार्थी–२०७८ को उपाधि प्रदान गरिएको हो ।

महामारीको कठिन समयमा रुखमा डेरा बनाएर पढाइमा सहभागी बनेर अन्य बालबालिकालाई सिकाईप्रति मोटिभेट गरेकाले छात्र मगरलाई ‘वर्षोत्कृष्ट पपुलर एण्ड मोटिभेसनल’ विद्यार्थीका रुपमा पुरस्कृत गरिएको सरस्वती माबिका प्रअ नबिन चाम्लिङले बताए ।

गत साउनमा कोभिड महामारीका कारण भौतिक उपस्थितिमा पठन–पाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशन अनुसार विद्यालयले अनलाईन कक्षा सञ्चालन गर्दा छात्र मगर सिम्लेस्थित घर नजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए । छात्र मगर घर वरपर मोबाईल डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाईन कक्षामा सहभागी भएको प्रअ चाम्लिङले बताए ।

आइतबार र सोमबार मनाइएको वार्षिकोत्सवको अवसरमा शिक्षक माधव श्रेष्ठलाई उत्कृष्ट वर्ष शिक्षकका रुपमा पुरस्कृत गरिएको छ । नियमित विद्यालयमा उपस्थित हुने, विदामा विरलै बस्ने, उत्कृष्ट कार्यसम्पादन, पेशाप्रति गहिरो एवं जवाफदेहीता लगायतका आधारमा शिक्षक श्रेष्ठलाई उत्कृष्ट वर्ष शिक्षकका रुपमा पुरस्कृत गरिएको हो ।

२२ वर्षसम्म प्रअको नेतृत्व सम्हालेका निवर्तमान प्रअ डिकबीर राईलाई कुशल प्रशासकको रुपमा सम्मान गरिएको छ । विद्यालयको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याएको भन्दै व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष किशोरकुमार श्रेष्ठ, पुर्वअध्यक्ष कमल श्रेष्ठ र स्वर्गीय रामबाबु श्रेष्ठलाई सम्मान गरिएको प्रअ चाम्लिङले बताए ।

saraswati mavi arkhoule (annual festival) photo_khotang.jpg

सरस्वती माविको बार्षिकोत्सवमा सोही विद्यालयका पुर्व प्रअ शर्मानन्द खनालले स्थापना गरेको शर्मानन्द तथा तारा अक्षयकोषबाट शैक्षिक सत्र २०७७ मा उच्च ग्रेड प्राप्त गर्ने कक्षा १ देखि कक्षा १२ सम्मका १२ जना विद्यार्थीलाई जनही एक हजारको दरले छात्रवृत्ति प्रदान गरिएको छ ।

भुपु विद्यार्थी खिलाप्रसाद सुवेदीको प्रयोजनमा ५ जना विपन्न परिवारका बालबालिकालाई जनही एक हजारका विपन्न छात्रवृत्ति प्रदान गरिएको छ । वार्षिकोत्सवको अवसरमा जेहेन्दार तथा अनुशासित विद्यार्थी, भलिबल, वक्तृत्वकला, हिसावदौड, भाले जुधाई, बेलुन फुटाउने लगायतका खेलका विजयी प्रतियोगीलाई पनि पुरस्कार वितरण गरिएको छ ।

विद्यालयले त्रियुगा नगरपालिका–११ गाईघाट, उदयपुरकी दाता शान्ता राई र खोटाङ सेवा समान कोरिया लगायतलाई सम्मान–पत्र प्रदान गरेको छ । विद्यालयका रातो सदनलाई उत्कृष्ट सदनद्धारा पुरस्कृत गरिएको छ । कार्यक्रमले प्रअ चाम्लिङले पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक प्रगती विवरण एवं भावी कार्ययोजना पारित गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा भुतपुर्व विद्यार्थीले सरस्वती माबिलाई टिभी र साउण्ड सिस्टम प्रदान गरेको छ । रबिन राई र दिपक राईको नेतृत्वमा १९ जना भुपु विद्यार्थीले विद्यालयलाई ४९ हजार बराबरको एक थान एलइडि टिभी र एक थान साउण्ड सिस्टम हस्तान्तरण गरेको हो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य केशव श्रेष्ठको सभापतित्व, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईको प्रमुख आतिथ्यता एवं उपमेयर बिमला राईको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । २०१७ सालमा स्थापना भएको सरस्वती माबिमा हाल ३९६ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved