भक्तपुर । भक्तपुरको चागुनारायण नगरपालिका वडा नं ४ स्थित नेपाल इन्जिनियरिङ्ग कलेज देखि चन्द्रागिरी नगरपालिका थानकोट सम्म यातायात सेवाको शुभारम्भ भएको छ । चागुनारायण नगरपालिकाका मेयर सोम मिश्रले उक्त यातायात सेवाको उद्घाटन गरेका हुन ।
उक्त कार्यक्रममा मेयर मिश्रले डिजिटल चागुनारायण लाई ब्यबस्थित बनाउन नगरपालिकाले सो रुटमा चल्ने यात्रुबहाक बसहरुमा जि पि यश प्रणाली जडान गरि एप्स मार्फत नियमन तथा अनुगमन समेत गरिने प्रबिधीको समेत नगरपालिकाले सुरुवात गरेको घोषणा गरेका छन ।
कार्यक्रममा नगरपालिकाको तर्फबाट चागुनारायण नगरपालिका वडा नं ४ का अध्यक्ष बुद्धिलाल महर्जन र रिद्दी सिद्दी यातायात का तर्फबाट अध्यक्ष लब कुमार केसी ले सहमति पत्रमा हस्ताक्षर गरि आदान प्रदान गरेका थिए ।
