Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङकाे जनता आशै आशमा, हस्पिटल भने शिलान्यासमै सिमित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 7, 2022
6 shares

खोटाङ । सरकारको नीतिअनुसार गत वर्ष जिल्लाका दशमध्ये छवटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्नेगरी शिलान्यास गरिएको थियो ।

हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐंसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न शिलान्यास गरिएको हो । हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकामा १५/१५ शय्या तथा रावाबेँसी गाउँपालिकामा दश र साकेला गाउँपालिकामा पाँच शय्याको अस्पताल बनाउन शुभारम्भ गरिएको थियो । तत्कालीन सरकारले निर्धारण गरेको कार्यक्रमअनुसार विसं २०७७ मंसिर–१५ गते जिल्लाका चार स्थानीय तहमा एकै दिन अस्पताल शिलान्यास गरिएको हो । हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकामा मंसिर–१५ गते तथा केपिलासगढीमा मंसिर–२३ गते शिलान्यास गरिएको थियो भने साकेला गाउँपालिकामा निर्माण गरिने अस्पताल बिना शिलान्यास काम सुरु गरिएको थियो । साकेला गाउँपालिकामा सञ्चालित कुनै पनि योजना अहिलेसम्म औपचारिकरुपमा शिलान्यास तथा उद्घाटन हुने गरेको छैन ।

सांसद विशाल भट्टराईले हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिका तथा प्रदेशसभा सदस्य राजन राईले ऐसेलुखर्क र अर्का सदस्य रामकुमार राई ‘पासाङ’ले जन्तेढुङ्गा गाउँपालिकामा शिलान्यास गरेका थिए । गाउँमै सम्पूर्ण स्वास्थ्य सेवा पाउने अपेक्षासहित निक्कै उल्लासका साथ शुभारम्भ गरिएका कतिपय स्थानीय तहको आधारभूत अस्पताल वर्षदिन बित्दासमेत निर्माणको काम सुरु भएको छैन । आफूले शिलान्यास गरेको योजनाको काम अगाडि बढ्यो या बढेन अहिलेसम्म प्रमुख अतिथि भएर शिलान्यास गर्ने व्यक्तिलाई थाहा छैन । ऐसेलुखर्कमा निर्माण गरिने १५ शय्याको अस्पतालका लागि भर्खर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर ठेक्कामात्र आह्वान गर्ने काम भएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले जानकारी दिए । ऐसेलुखर्कमा निर्माण गरिने अस्पतालका लागि स्वास्थ्य मन्त्रालयले रु. १८ करोड बजेट उपलब्ध गराए पनि रु. २० करोडको डिपिआर तयार भएको गाउँपालिकाले जनाएको छ ।

हलेसी तुवाचुङमा निर्माण गरिने अस्पतालका लागि विसं २०७७ असारमा ठेक्का आह्वान गरिए पनि गत भदौ २९ गतेमात्र ठेकेदार कम्पनीसँग सम्झौता भएको छ । नगरपालिकाले रु. २३ करोडमा ठेक्का आह्वान गरे पनि नमूना हिमालयन जेभी विराटनगरले भ्याटसहित रु. १३ करोड ५५ लाख नौ हजार १८० मा सम्झौता गरेर निर्माणको काम सुरु गरेको लेखा अधिकृत माधवप्रसाद आचार्यले जानकारी दिए । केपिलासगढीमा निर्माण गरिने १५ शय्याको अस्पताल विवस कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले ठेक्का पारेको छ । रु. १८ करोड २५ लाखमा ठेक्का आह्वान १५ शय्याको अस्पतालका लागि रु. १२ लाख ५० हजारमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले जानकारी दिए । सो गाउँपालिकामा पनि घडेरी सम्याउने काममात्र पूरा भएको पाइएको छ । निर्माण कम्पनीले आवश्यक निर्माण सामग्री र कामदारको व्यवस्था गरिसकेकाले निर्माणको कामले गति लिने गाउँपालिकाको अपेक्षा छ ।

कूल रु. १८ करोड छ लाख ८२ हजारको सीमाभित्र रहेर आगामी दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने जन्तेढुङ्गा गाउँपालिका–२ चिसापानीमा निर्माण सुरु गरिएको १५ शय्याको अस्पतालको ठेक्का ड्रागन–रियर जेभीले लिएको छ । तर, सो निर्माण कम्पनीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको छ । महादेव–खिम्ती–अञ्जना–रुजन जेभीले निर्माणको जिम्मा लिएको रावाबेँसी गाउँपालिकामा निर्माण हुने दश शय्याको अस्पताल अहिले घडेरी सम्याउने काममात्र पूरा भएको पाइएको छ । भ्याडबाहेक रु. छ करोड ७० लाख लागतमा सम्पन्न अस्पतालका लागि आवश्यक सामग्री ल्याइसकिएकाले निर्माणको कामलाई तीव्रता दिने तयारी भइरहेको ठेकेदार कम्पनीका प्रतिनिधि ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । साकेला गाउँपालिका–२ रतन्छामा भ्याटसहित रु. छ करोड ७६ लाख ७६ हजार ४५५ मा पाँच शय्याको अस्पताल निर्माण हुँदैछ । खानी निर्माण सेवा बानेश्वर काठमाडौंले निर्माणको जिम्मा लिएको अस्पतालको अहिले डिपिसी गरेर पिल्लर राख्ने काम सुरु भएको गाउँपालिकाका प्रमुख इञ्जिनियर आशिष राईले जानकारी दिए ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यसवर्ष तीन स्थानीय तहमा अस्पताल निर्माणको योजना स्वीकृत भएको छ । हरेक स्थानीय तहमा कम्तिमा पाँच शय्याको अस्पताल निर्माण गर्ने सरकारको नीतिअनुसार बराहपोखरी, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा यस वर्षमात्रै योजना परेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र तथा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यसअघि नै १५ शय्याको सरकारी जिल्ला अस्पताल सञ्चालनमा थियो । उनान्तीस वर्षसम्म १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्लाको एकमात्र सरकारी अस्पताललाई अहिले ५० शय्यामा स्तरोन्नति गर्ने काम भइरहेको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved