ओखलढुंगा । ओखलढुंगाको सिस्नेखोलामा बोलेरो दुर्घटनामा हुँदा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आइतबार बिहान जिल्लाको चिशंखुगढी दियालेबाट ओखलढुंगा सदरमुकाम आउदै गरेको प्र १–०२–००१ ज ३८७५ नम्बरको बोलेरो सिद्धिचरण नगरपालिका ५ सिस्नेखोलामा दुर्घटनामा हुँदा बोलेरोमा सवार चिशंखुगडी ३ पोखरेकी ३५ वषिया कुमारी श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते श्रेष्ठको सामुदायिक अस्पतालमा ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले दुर्घटनामा अन्य ७ जना घाइते भएको बताउनुभयो । घाइते मध्ये ४३ वर्षिया सिता भुजेल र २७ वर्षिय चालक हिमाल खतिवडालाई थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ। अन्य घाइतेको अवस्था भने सामान्य रहेको छ। बोलेरो सडकवाट करिब ३० मिटर तल खसेको छ ।
