Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

६ बर्षदेखि दाउरा जस्ताे शरीर ओछ्यानमा,२४ बर्षिय खाेटाङकि मिलन गिरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 4, 2022
203

दमन राई,खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका (डाँडागाउँ)का मिलन गिरी २४ वर्षका भए । हाल उच्च शिक्षा अध्ययन गरिरहेको वा कुनै न कुनै पेशा व्यावसाय अंगाल्नु पर्ने उमेरमा उनी हल न चल भएर ओछ्यानमा लड्न वाध्य छन् ।

१५ वर्षअघि रुखबाट लडेको चोटका कारण आफै ओल्टोकोल्टो समेत गर्न नसक्ने अवस्थामा छन् मिलन । झट्ट अनुहार हेर्दा स्वस्थजस्तो देखिए पनि घाँटीमुनिका अंग सुकेर दाउरा जस्तो बनेको छ ।

मिलन बाल्यकालमा मावली घर ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा बस्थे । कक्षा २ मा अध्ययनरत रहेको बेला उनी २०६२/०६३ मा दुधिलोको घाँस काट्न रुखमा चढेको अवस्थामा लडेर जमिनमा बजारिन पुगे ।

जमिनमा बजारिँदा मिलनको कम्मरमुनिको भाग चल्न छाड्यो । ठमठम कुद्दै घाँस काट्न गएका मिलन यता उता सर्न पनि घस्रनुपर्ने अवस्थामा घर फर्किए । उनी उभिन सक्दैनथे ।

कमजोर आर्थिक अवस्थाका कारण उनलाई स्वास्थ्य संस्थामा उपचारमा लगिएन । वरु धामी झाँक्री लगाइए, झारफुक गरिए । तर मिलनको मेरुदण्ड निको हुनुको सट्टा झन कमजोर बन्दै गयो । घस्रेरै दिसापिसाव गर्नेगरेका मिलनलाई मावलीबाट २०६५ सालमा घरमा लगिए ।

घरमा पनि मिलन आफै घस्रेर शौचालय जाने आउने गर्थे । पिँढीमा बसेर आफैले लेखेको कविता बाचन गरेर छिमेकीलाई सुनाउँथे । उनको कविता सुनेर कतिपय आफन्त रुन्थे । तर २०७२ सालपछि भने उनी ओछ्यानबाट उठ्न सकेका छैनन् । शरीर सुकेर निलो भएको देखिन्छ । दिसापिसाव समेत ओछ्यानमै गर्न वाध्य छन् ।

उनको दुबै खुट्टा र दाहिने हात खुम्चिएको छ । खुम्भिएको हात खुट्टा तन्किँदैन । देब्रे हात मात्र सामान्य चलाउन सक्छन् । उनले त्यही देब्रो हातले सुतीसुती खाना खाने गरेका छन् । मोबाईल चलाउने गरेका छन् । उनलाई माईली आमातर्फका बहिनी मञ्जिता गिरीले हेरचाह गर्नेगरेकी छन् । कक्षा ९ मा अध्ययनरत १६ वर्षकी मञ्जिता घर व्यवहार सम्हाल्नुपर्ने भएका कारण अधिकांश कक्षा छुटाउन वाध्य छिन् ।

बुवा जीतबहादुर गिरी मिस्त्रीका काम गर्छन् । आमा नरमायाँको २०६५ सालतिरै मृत्यु भइसकेको छ । नरमायाँको पनि शरीर नचल्ने समस्या देखिएको केही समयपछि मृत्यु भएको स्थानीय बताउँछन् । मिलनलाई शुभेच्छुकले टिभी किनेर राखिदिएका छन् । उनले त्यही टिभि हेरेर समय कटाउने गरेका छन् ।

लामो समयदेखि ओछ्यानमा थला परेका मिलनले २ वर्षअघिदेखि मात्र अपांगता वापतको सामाजिक सुरक्षाभत्ता पाउन थालेको स्थानीय इन्द्रबहादर गिरी बताउँछन् । उनलाई (क) वर्गको अपांगताको परिचय–पत्र प्रदान गरिएको छ ।nepalwide.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved