काठमाडौं । गृहमन्त्रालयले बिहीबार (भोलि) सार्वजनिक बिदा दिने भएको छ । शेर्पा समुदायको महान सांस्कृतिक पर्व ग्याल्पो ल्होछारको अवसरमा मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को फागुन १६ गतेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघस्थाहरूमा सार्वजनिक विदा दिने’ मन्त्रिपरिषद्को मिति२०७८/११/१६मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’ 
