Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मिडिया एड्भाेकेसी फाेरम नेपालले स्वास्थ्य मन्त्री खतिवडालाई बुझायाे ज्ञपन पत्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 2, 2022
24 shares

 

 

No description available.

काठमाडौ । श्रमजिबी पत्रकारहरुलाई पत्रकारिता तालिम तथा पत्रकारहरुका लागी पैरवी साथै बिभिन्न कार्यक्रमहरु गर्दै आएको संस्था मिडिय एड्भोकेसी फोरम नेपालले नेपाल सरकारका श्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडालाई उनकै कार्यकक्षमा भेटी ज्ञापनपत्र बुझाएको छ ।

देशको बिद्यमान परिस्थिती र कोभिड माहामारिको अवस्थामापनी आफ्नो पेसालाई स्वास्थ्य भन्दा माथिराख्दै कामगर्ने आम श्रमजिवी पत्रकारहरुको स्वास्थ्य सम्बन्धिका सम्बन्धमा सहयाेग गर्न मन्त्री बिरोध खतिवोडाकाे ध्यानाकर्षण गराएकाे छ।

सबै नेपाली नागरिकहरूका निम्ति सम्पूर्ण रूपमा निशूल्क स्वास्थ्य सेवा उपलब्ध गराइनुपर्ने, प्रत्येक प्रदेशमा कम्तीमा एउटा सबै प्रकारका जाँच उपचारको सुविधासम्पन्न अस्पताल निर्माण गरिइनुपर्ने र सबै नागरिकको निम्ति अनिवार्य स्वास्थ्य बिमाको व्यवस्था गरिनुपर्ने लगायतको माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले स्वास्थ्य सेवालाई सुलभ र सबै नेपाली नागरिकको समान पहुँच निर्माण गर्ने हिसाबले आफू रणनीतिक ढंगबाट कार्य थालनी गर्न प्रतिबद्ध भएको बताए ।

साेहि भेटघाटको  क्रममा मिडिया एड्भाेकेसि फाेरम नेपालका महासचिव निराेज ताेलाङेकाे  टाेलिले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री माननीय भवानी प्रसाद खापुङ, युवा संघ नेपाल बागमती प्रदेशका प्रवक्ता तथा केन्द्रीय सचिवालय सदस्य टिकाराम नेपाली र स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारी सँग पनि साैहार्दपुर्ण भेट गरेकाे छ।

photo credit : Suman Shrestha

May be an image of 6 people, people standing and people sitting

माफ नेपालले बुझाएको ज्ञापन पत्रको पुरापाठः

“माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री ज्यू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
काठमाण्डौँ, नेपाल

विषय : ज्ञापन पत्र सम्बन्धमा

मिडिया एड्भोकेसी फोरम नेपालले नागरिकको सामाजिक सरोकारका मुद्धाप्रति विशेषगरी, सीमान्तकृत, उत्पीडित, उपेक्षित वर्ग, राष्ट्रिय स्वाधीनता, नागरिक अधिकार, जनजीविकाका सवालहरु, धर्म तथा आस्थाको स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लागि पत्रकारितामार्फत नागरिकलाई सचेत र जागरुक गराउने पैरवी, बहस गर्ने पैरवी पत्रकारिताको पक्षमा कलम चलाउने आम सञ्चारमा आवद्ध पत्रकारहरूको एक स्वतन्त्र र विशुद्ध साझा मञ्च भएको जानकारी गराउँन चाहान्छौँ ।

नेपाल नागरिकका आधारभूत आवश्यकता तथा अधिकारअन्तर्गत पर्ने स्वास्थ्य उपचारको अधिकार अझै पनि अर्थपूर्ण रूपमा सबैको पहुँचमा पुग्न सकेको छैन । बरू विभिन्न पेशागत समुदायको निम्ति भन्दै अस्पतालहरू स्थापना र सञ्चालन गर्ने होडबाजी चलेको देखिन्छ । यस्तो प्रवृत्तिले नागरिकबिचमै विभेद र जीवनको महत्व नै कमबेसी पो हो कि भन्ने सोच निर्माण गर्नेछ । लोकतन्त्रको मर्म राज्यको नजरमा सबैको जीवन र स्वास्थ्य बराबर हो, यसमा पहुँच र प्रभावको भरमा कुनै खास खास वर्ग, पेशा वा क्षेत्रियताका नागरिकहरूका लागि अस्पताल निर्माण गरिने, तर त्यसरी गोलबन्द भएर दबाव र प्रभाव पार्न नसक्ने समुदायहरूको बेवास्ता गरिन सकिने भन्ने हुँदैन । यसको सट्टा सबैको समान र उचित पहुँचसहितको स्वास्थ्य सेवा देशैभरि प्रदान गरिनु नै दीर्घकालमा प्रभावकारी र मितव्ययी सिद्ध हुनेछ ।
तसर्थ स्वास्थ्यमा आम नागरिकको समान पहुँच स्थापित गरी सबै नेपाली नागरिकलाई स्वास्थ्य सेवा निशुल्क हुनुपर्ने माग गर्दै माननीय स्वास्थ्य मन्त्री श्री विरोध खतिवडा ज्युमार्फत राज्यको ध्यानाकर्षण गराउँदछौं ।

मागका बुँदाहरूः
(१) सबै नेपाली नागरिकहरूका निम्ति सम्पूर्ण रूपमा निशूल्क स्वास्थ्य सेवा उपलब्ध गराइयोस् ।
(२) प्रत्येक प्रदेशमा कम्तीमा एउटा सबै प्रकारका जाँच उपचारको सुविधासम्पन्न अस्पताल निर्माण गरियोस् ।
(३) सबै नागरिकको निम्ति अनिवार्य स्वास्थ्य बिमाको व्यवस्था गरियोस् ।

धन्यवाद ।

अध्यक्ष, विदुर अधिकारी
महासचिव, निरोज तोलाङे
मिडिया एड्भोकेसी फोरम (माफ) नेपाल

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved