Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हलेसी तुवाचुङ नगरले बढायाे विद्यालय कर्मचारीको तलव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 2, 2022
58

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, सामुदायीक विद्यालयका कार्यालय सहयोगी र विद्यालय कर्मचारीको तलव बढाएको छ ।

चालु चौमासिकदेखि कार्यान्वयनमा आउनेगरी नगरपालिकाले प्रारम्भिक बाल विकास केन्द्रका ५४ जना सहयोगी कार्यकर्ता, सामुदायीक विद्यालयमा कार्यरत ८९ कार्यालय सहयोगी र १२ जना विद्यालय कर्मचारीको तलव बढाएको हो ।

प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताको मासिक तलव १५ हजार, सामुदायीक विद्यालयमा कार्यरत कार्यालय सहयोगीको मासिक तलव १५ हजार र विद्यालय कर्मचारीको तलव २० हजार ५०० पुर्‍याइएको नगरपालिकाले जनाएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा प्रारम्भिक वालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई न्यूनतम मासिक १५ हजार उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याए अनुसार तलव बढाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

नगरपालिकाले बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताको प्रोत्साहनका लागि मासिक एक हजार खाजा भत्ता दिँदैआएको थियो । तलव बढ्दा सहयोगी कार्यकर्ता, कार्यालय सहयोगी र विद्यालय कर्मचारी उत्साहित छन् । बजेट भाषण कार्यान्वयनका लागि अर्थमन्त्रालयले २० जेठ २०७८ मा स्थानीय तहलाई परिपत्र गरेको थियो ।

तर, कतिपय स्थानीय तहमा नेपाल सरकारको बजेट भाषण र अर्थमन्त्रालयको परिपत्र अनुसार सामुदायीक विद्यालयमा कार्यरत लेखापाल, परिचर तथा बालबिकास सहयोगी कार्यकर्ताको तलव वृद्धि कार्यान्वयनमा दुविधा देखिएको छ ।

कुनै स्थानीय तहले प्रारम्भिक वालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीको तलव वृद्धि गर्दा र कतिपयले नगर्दा एउटै कामको सेवासुविधामा असमानता सिर्जना भएको देखिएको छ । nepalwide.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved