Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चाेलेन्द्र विरुद्दकाे महाअभियाेग अलपत्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 2, 2022
58

काठमाडौं । एमसीसी अनुमोदनको विषय उत्कर्षमा पुगेकै बेला अचानक सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । तर, महाभियोग अहिले अलपत्र परेको छ । संवैधानिक व्यवस्थाअनुसार प्रस्ताव दर्ता भएको सात दिनपछि संसदलाई जानकारी दिनुपर्ने हुन्छ । तर, महाभियोग दर्ता भएको १८ बित्न लाग्दा पनि यस विषयमा छलफल हुन सकेको छैन ।

प्रतिनिधिसभा नियमावली २०७५ अनुसार महाभियोग प्रस्ताव दर्ता भएको सात दिनपछि सभामुखले संसद् बैठकको दिन र समय तोक्नुपर्ने हुन्छ । तर फागुन १ गते दर्ता भएको प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग दर्ता भएको १८ दिन भइसक्दा पनि सभामुखले छलफलका लागि दिन र समय तोक्न नसकेका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार संसदको कार्यसूचीमा राखी यस विषयलाई छलफलमा लैजानुपर्ने हो । तर, एमसीसीको रन्कोमा फसेको सरकार र सभामुखले यस विषयलाई प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा छलफलका लागि लैजानसमेत नसकेका हुन् ।

महाभियोग दर्ता भएपछि धेरैपटक प्रतिनिधिसभाको बैठक बसिसकेको छ । एमसीसीसहित विभिन्न विषयलाई परामर्श समितिले कार्यसूचीमा राखेको छ । यसबीचमा एमसीसी समेत पारित भइसकेको छ । तर, महाभियोगबारे भने छलफलको सुरसार नै भएको छैन ।

प्रतिनिधिसभा नियमावली २०७५ को धारा १६१ देखि १६६ सम्म प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीमाथि लाग्ने महाभियोगबारे उल्लेख छ ।

नियमावलीको धारा १६१ को उपनियम १ बमोजिमको प्रस्ताव प्राप्त भएपछि महासचिव वा निजको अनुपस्थितिमा सचिवले सभामुख समक्ष पेश गर्नेछन् । प्रस्ताव दर्ता भएको मितिले सात दिनपछिको कुनै बैठकमा छलफल हुने गरी सभामुखले दिन र समय तोक्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको अधिवेशन चालू नरहेको अवस्थामा उपनियम १ बमोजिम महाभियोग प्रस्ताव अगाडि बढ्छ । अधिवेशन चालू नरहेको अवस्थामा प्रस्ताव पेश गर्ने सदस्यले महाभियोग दर्ता भएको मितिले बढीमा १५ दिनभित्र बैठक बस्ने गरी अधिवेशन आह्वान गर्नुपर्नेछ । महाभियोग पेश गर्ने सदस्यले संविधानको धारा ९३ को उपधारा ३ बमोजिम अधिवेशन आह्वान गर्न सक्ने व्यवस्था छ ।

एसीसी जस्तो महत्वपूर्ण विषयलाई टुंगो लगाउनपर्ने भएकाले चोलेन्द्रविरुद्धको महाभियोगबारे छलफल अघि बढ्न नसकेको दलका नेता बताउँछन् । अब भने एमसीसी टुंगो लागिसकेकाले महाभियोगबारे प्रकृया अघि बढ्ने बताइएको छ ।   File photo Dristinews.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved