काठमाडौं । प्रतिनिधि सभा (संसद) बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । एमसिसी अनुमोदन भएपछि आज पहिलोपटक संसद बैठक बस्न लागेको हो ।
गत आइतबारको संसद बैठकले एमसीसी सम्झौता अनुमोदन गरेको थियो । त्यसपछि बैठक स्थगित भएको थियो ।आज बस्ने बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेलगायतका सम्भावित कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ ।
