‘केपी ओलीले सभामुख हटाउने नचिताए हुन्छ,’ नेता नेपालले पत्रकारको प्रश्नमा भने,‘सभामुखमाथि केपी ओलीले धारे हात लगाउने ?’उनले पटक पटक ओलीको नाम उच्चारण गर्दै असभ्य समेत भने । उनले भने,‘सदनको गरिमा राख्ने सभामुखलाई अपमानपूर्ण व्यवहार गर्ने । यो अभ्य अनसिभिलाइज्ड शैली हो ।’
ओलीले एमसीसीमा सभामुख हटाउने देखि आफूसहित १४ सांसदलाई पदमुक्त गर्ने जस्ता अनुचित सर्त राखेको समेत बताए । एमसीसीको व्याख्यात्मक विषयमा आफूले नै भूमिका खेलेको दाबी गरे ।
