प्रेम श्रेष्ठ ,खोटाङ । खोटाङको रावाबेसी गा.पा. २ खार्पा स्थित श्री शारदा माध्यमिक विध्यालय खार्पामा कनक कुमारी पोखरेल स्मृति प्रतिस्ठान रावाबेसी-२ खार्पाको आयोजनामा आज छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा रावाबेसी गाउँपालिका भित्रका ७६ जना स्वास्थ्य स्वयमसेविका मध्ये उत्कृष्ट ४ जना महिला स्वास्थ्य स्वयंसेवीका सम्मानित भएको छ जसमध्ये रावाबेसी १ कुभिन्डेको चेतना राई लामिडाडा को खुमा श्रेष्ठ रावाबेसी ४ डुम्रेधारापानी को बिमला भुजेल र रावाबेसी ५ दुबेकोलको रणदत्त पोखरेल लाई सम्मान पत्र सहित रु ७/ ७ हजारका दरले सम्मान गरिएको हो त्यस्तै शारदा मा.वि. खार्पा कक्षा ११ र १२ मा अध्ययनरत विपन्न जेहन्दार विद्यार्थिहरु प्रर्मिला कट्वाल, चिजन मगर, रबिन मगर, रोजिना ठटाल लाई रु. ७/७ हजार पुरस्कार समेत वितरण गरिएको छ यो कार्यक्रम प्रत्येक वर्षको फागुन १५ गते संचालन गरिदै आएको छ ।
साथै सोही कार्यक्रममा विद्यालयलाई त्यस विद्यालयका पुर्व प्र.अ. बलराम पोखरेल आफैले लेखेको व्यक्ति एक दृस्टि अनेक र सोही वडाको साहित्यकार शर्मिला पोखरेल आफैले लेखेको परदेशमा मेरो देश नामक पुस्तक समेत हस्तान्तरण गरिएको थियोे । शारदा मा.वि. का शिक्षक सेर बहादुर बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रम कनक कुमारी पोखरेल स्मृति प्रतिस्ठान का उपाध्यक्ष रमेश पोखरेलको सभापतित्व र रावाबेसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष समला राई वडा अध्यक्ष कालिदास पोखरेल शिक्षा शाखा सम्योजक तिर्थराज दाहाल, स्वास्थ्य शाखा सम्योजक राजकुमार रेग्मी शिक्षक कर्मचारी लगायत स्थानीयहरुको उपस्तिथि थियो ।
