काठमाडौं । संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले समर्थन जनाउने सांसदको बहुमत रहेकोले एमसीसी सम्झौता बहुमतले पारित भएको घोषणा गरे ।यसअघि आज बसेको प्रतिनिधिसभाको पहिलो बैठकले एमसीसी प्रस्तावमाथिको सामान्य छलफल प्रस्ताव पारित गरेको थियो । सत्तारुढ सांसदमध्ये धेरैले प्रस्तावको पक्षमा बोलेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांसदले भने नाराबाजी गरेपनि एमसीसी बहुमतले पारित भएको हो । Dristinews.com
