पल शाहमाथि नाबिालका बलात्कारको अभियोग छ । उनी अहिले प्रहरीको फरार सूचिमा छन् । उनलाई पक्राउ गर्नको लागि प्रहरी प्रधान कार्यालयले देशभरिका प्रहरीलाई सर्कुलेशन जारी गरेको छ ।
नाबालिगमाथि करणी गरेको आरोपमा फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न प्रहरी कार्यालय तीनकुने पुर्याइएका निर्देशक सुदर्शन थापा छुटेका छन् ।
प्राइम टेलिभिजनमा अन्तरवार्ताका लागि पुगेका थापालाई प्रहरीले सोधपुछका लागि भन्दै शनिबार प्रहरी कार्यालय लगेको थियो । ‘उनी केही बेरअघि छुटेका छन्’ प्रहरी स्रोतले भन्यो ।
