Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कस्तो कदम चाल्लान् प्रचण्डले सापकोटा र माधव नेपालको पद जोगाउन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 25, 2022
3 shares

काठमाडौं । नेपाली काँग्रेसभित्र धेरै नेताहरु अहिलेको सत्ता गठबन्धनको औचित्य समाप्त भइसकेको निष्कर्षमा पुगिसकेका छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा हतारिएका छैनन् । उनी अझै संयमता अपनाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत सामजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसी सदनबाट अनुमोदनको पक्षमा मनाउन लागिपरेका छन् ।

देउवा एमसीसीमा पछि नहट्ने अडानमा छन् । अब यसलाई अनुमोदन गर्न उनीसँग या त गठबन्धनका प्रचण्ड र माधव नेपाललाई सहमतिमा ल्याउनुपर्ने अवस्था छ या त एमाले अध्यक्ष केपी शर्मा ओलीको शर्त मानेर नयाँ गठबन्धन बनाउनुपर्ने वाध्यता छ । प्रचण्ड र माधव नेपाल यथास्थितिमा एमसीसी पारित नगर्ने पक्षमा छन् ।

एमसीसीबारे माधव नेपाल लचिलो बन्दै गएको संकेत देखिन्छ । उनले आज देउवालाई भेटेर मध्यमार्गी बाटो अपनाउनेबारे छलफल गरेका छन् । साँझ देउवालाई भेट्न प्रचण्ड पुगे । उनको साथमा अर्थमन्त्री जर्नादन शर्मा पनि हुनुलाई अर्थपूर्ण मानिएको छ । प्रचण्डले तत्काल देउवालाई गठबन्धन भत्काउने कदमबाट रोकेका छन् । तर, १६ फागुनभित्र कुनै निर्णयमा नपुगे गठबन्धन जोगिने छैन ।

त्यतिबेला देउवाले एमालेको शर्तमध्ये सभामुख अग्निप्रसाद सापकोटा हटाउने प्रस्ताव दर्तामा एमालेलाई साथ दिन सक्छन् । अर्कोतर्फ, माधव नेपालसहित १४ नेकपा एसका सांसद हटाउने सूचना सदनबाट टाँस्ने ओलीको सर्त पनि पूरा हुनसक्छ । यो प्रचण्डका लागि ठूलो धक्का हुन सक्छ ।

अब प्रचण्डले या त देउवालाई एमसीसीमा साथ दिनुपर्ने हुन्छ या त ओलीलाई एमसीसी असफल पार्न मनाउनुपर्ने हुन्छ । एमसीसीमा मतदान नगर्ने पक्षमा प्रचण्ड पुगेका छन् । तर, गठबन्धन जोगाउनका लागि उनले रणनीतिक रुपमा एमसीसी अनुमोदन गराउने कदम चाल्न सक्छन् । त्यो सम्भावना भने न्यून छ ।

प्रचण्डले ओलीलाई साथ लिन खोजिरहेका छन् । उनले १२ फागुनमा ओलीलाई बानेश्वरस्थित संसद भवनमा भेटिसकेका छन् । ओलीले त्यहाँ पनि सभामुख सापकोटाको बर्हिगमन या माधव नेपालसहित १४ सांसद हटाउने सूचना टाँस्ने सर्त राखे । जसरी पनि प्रचण्डले सभामुख सापकोटाको बर्हिगमन या माधव नेपालसहित १४ सांसदको पद जोगाउन नसक्ने अवस्था विकास भएको छ ।

देउवा ओलीसँग मिलेमा ठूलै धक्का खानेछन् प्रचण्ड र माधव नेपालले । ओलीसँग मिल्दा पनि उनको कठोर सर्त छ । एमसीसीमा देउवाको चाहना अनुसारको निकास दिएमात्र प्रचण्डले सापकोटा र माधव नेपालको पद जोगाउन सक्ने अवस्था देखिएको छ । अन्यथा, ओलीको कठोर सर्त मानेर माधव नेपालविरुद्धको कदम चाल्नुपर्ने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved