बिनोद मण्डल, जेठ ४
कोरोना संक्रमण बढिरहेको अवस्थामा आफु जोगिने र अरूलाई जोगाउने समयमा मामाले भान्जाको हत्या गरेका हुन । जनकपुर धामको दक्षिणी क्षेत्रमा रहेको भारतीय सीमासँग नजिक मानिएको महोत्तरीको मटिहानी नगरपालिका वडा नं ३ बर्दहामा भएको शौचालय निर्माण विवादमा मामा पक्ष र भान्जा पक्ष बीच लाठी चार्ज सुरु हुँदा सोही वडा नं ३ का मोस्लीम राईनको २६ वर्षिय छोरा जाविर राइन लाई मामा मोतालीब राईले चिर्पट प्रहार गर्दा उनी घटनास्थलबाट ढलेपनी लाठी चार्ज जारी रहेको बुझिएको छ । स्थानियको खवरले घनस्थलमा पुगेका प्रहरीले झगडालाई साम्य पारेको थियो ।
घटना स्थलबाट घाईते जाबिरलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको महोतरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।
घटना स्थलबाट मितालिब राईन र असरफ राईनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बुझिएको छ भने जग्गा विवाद विगत लामो समयदेखि उनीहरूको बीचमा रहिआएको बुझिएको हो ।
