काठमाडौं । यस जियाेग्राफि न्युज नेटवर्क प्रा.लि.काे छाप तथा कम्पनिकाे केही सेट प्रपाेजल लेटरहरु सहित यहि मिति २०७८ पुस १७ का दिन भुजेल सेवा समाजकाे कार्यक्रम भएकाे स्थल खाेटाङकाे दिक्तेल स्थित हाेटल शुभदिनकाे अण्डर ग्राउण्डमा छुटेकाे र साे छाप सहित उक्त प्रपाेजलेर र अन्य केही खालि बिलहरु हरायकाे र साे सम्पुर्ण समानहरु २०७८ पुस २८ का दिन थाहा हुँदा दिक्तेल रुपाकाेट मझुवागढी १५ घर भई ओखलढुँगा स्थित भिजन एफ एममा टेक्निसियन रहि कार्यरत साथै उक्त दिन साे भुजेल सेवा समाजकाे कार्यक्र संचालक समेत रहेका पदम बहादुर भुजेल ( उमेश )ले लिएकाे खुल्न आएकाे थियाे
पटक पटक निज उमेशलाई सम्पर्क गरि ती समानहरु फिर्तामाग्दा विभिन्न बाहाना बनाउने गरेकाे साथै यस जियाेग्राफि न्युज नेटवर्क प्रा.लि.का संचालककाे पुरानाे गाउँकाे मानिस रहेकाे हुँदा देला भन्ने आशले पर्खिएकाे तर अहिले सम्म फिर्ता नदिएकाे हुँदा उक्त छापकाे दुरुपयाेग गरी निज उमेशले कहि कतै लेनदेन गरियकाे पाईएमा कम्पनि नियमावलि परिच्छेद ५ काे १४ बमाेजिम कार्वाहि हुने र उक्त ब्यक्ति सँग आजैकाे मिति बाट कसैले काराेबार नगरिदिन समेत जानकारी गराउँदछाैँ। अन्यथा कम्पनि जवाफदेहि नहुने जानकारि गराइन्छ। 
