Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

१० सांसदसहित आलेले समाजवादी फुटाउने, बोलिको पक्का आलेले काँग्रेसलाई साथ दिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 25, 2022
48 shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर नेकपा (एकीकृत समाजवादी) पार्टी विभाजन हुने भएको छ । एमसीसीको पक्षमा मतदान गर्ने कि नगर्ने भनेर पार्टीले आधिकारिक रुपमा निर्णय नगरिसकेको अवस्थामा पार्टी विभाजनको मुखमा पुगेको हो । उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले एमसीसीको पक्षमा बोल्न थालेपछि विवाद सुरु भएको हो ।

खासगरी शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्यमन्त्री विरोध खतिवडाले एमसीसी पास गरेर जानुपर्नेमा जोड दिएका छन् । एमसीसी टेबुल हुनुभन्दा अघि पनि मन्त्रीहरुबीच छुट्टै छलफल र भेटवार्ता भएका थिए ।

उक्त छलफलमा मन्त्रीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई कि सरकार छोड्नुपर्यो कि एमसीसीको पक्षमा उभिनुपर्यो भनेर विकल्प दिएका थिए । पार्टीका शीर्ष नेताहरु एमसीसीको विपक्षमा उभिएका छन् । यसले माधव नेपाल अप्ठ्यारोमा छन् । एमसीसी प्रतिनिधिसभामा पेश भैसकेको छ । आज संसद्को बैठक बदैछ ।

एमसीसीलाई लिएर नेकपा एकीकृत समाजवादी भित्र ठूलो विवाद सुरु भएको छ । स्रोतकाअनुसार एमसीसीको पक्षमा पार्टीले ह्वीप नलगाउने बुझिएको छ । यदि पार्टीले ह्वीप लगाउने भयो भने पनि एमसीसीको पक्षमा १० जना सांसद उभ्याउने आश्वासन मन्त्री आलेले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दिएका छन्। प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बेलामा पनि आलेले ८ जना सांसद उभ्याएका थिए ।

आलेले परि आए आफूले एकीकृत समाजवादी पनि विभाज गर्नसक्ने भन्दै देउवालाई सोहीअनुसार सहयोग गरिदिन आग्रह गरेको बुझिएको छ । आलेसँग मन्त्रीबाहेक पार्वती विशुंखे, धनबहादुर बुढा, गोपाल बम, हिराचन्द्र केसी, समिना हुसेन र बिना बुढाथोकी सांसदहरु एमसीसीको पक्षमा उभिने भएका छन् । मन्त्री आलेले पार्टी फुटाउनको लागि पनि आफू तयारी अवस्थामा रहेको भन्दै प्रधानमन्त्री देउवासँग सहयोगको अपेक्षा गरेका छन् ।

संसदीय दलमा आलेले ४० प्रतिशत सजिलै पुर्याउने पनि बताएका छन् । विद्यमान संवैधानिक व्यवस्थाअनुसार दल विभाजनको लागि संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुग्नुपर्ने प्रावधान छ । आलेले देउवासमक्ष पार्टी विभाजनको लागि आवश्यक सहयोग भनेर दल विभाजनको लागि अध्यादेशको कुरा गरेको हुनसक्ने बुझिएको छ । File photo पाथिभरा न्युजबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved