काठमाडौं । युवा सशक्तीकरणमा अराइज एण्ड साइन नेपालले लामाे समयदेखि काम गरिरहेकाे सर्वब्यतित छ।
यस युव सशक्तीकरण अराइज एण्ड साइन नेपालले बेराेजगार युवा युवतिहरुलाई विभिन्न किसिमकाे तालिमहरुकाे ब्यवस्था गर्दै सक्षम र सबल गराउँदै आएकाे छ। जसमा कम्प्युटर काेर्स,संगीत कला क्षेत्रकाे लागि गिटार,किबाेर्ड, डान्स लगाएत विभिन्न प्रकारकाे खेलकुद क्षेत्रमा समेत महत्वपुर्ण याेगदान दिँदै आइरहेकाे छ।
बिगद ६ बर्षदेखि निरन्तर युवा युवतिहरुकाे लागि सेवामुलक तालिम उपलभ्द गराउने संस्थाकाे रुपमा स्थापित संस्थाले आउने दिनहरुमा अझै बेराेजगार विभिन्न समय अनुरुप संबन्धित तालिम दिँदै स्वराेजगार बनाउन मद्दत गर्ने आज एक पत्रकार सम्मेलन गरि पत्रकारहरुबिच उक्त संस्थाकाे कार्यकारि निर्देशक जाेसुवा लिम्भुले बताए।
