काठमाडौं । चुनाव अधि लालपुर्जा नदिए सुकुम्बासीले भोट नहाल्ने पटक पटक लालपुर्जाको आसमा उदारोमा भोट हाल्दै आएका सुकुम्बासीहरुले आउने निर्बाचनमा लालपुर्जा नपाए भोट नहाल्ने सम्मको रणनीति बनाउन थालेका छन। हरेक निर्बाचनमा आश्वासन का भरमा रहेका सुकुम्बासीहरु यो पटक भने देसै भर उदारोमा भोट नहाल्ने योजना अनुसार “नो लालपुर्जा नो भोट”को अभियानमा सकृय भएका हुन।
सुकुम्बासीहरुको साझा संगठन नेपाल बसोबास बस्ती संरक्षण समाजले आज मोरङको सुन्दर हरेचा नगर पालिकालाई र्याली सहित ५ बुदे ध्यानाकर्षण पत्र बुजाएको छ। नगर भित्रका सुकुम्बासीहरुले नगर प्रमुख शिव ढकाललाई गेट बाहिर सडक मै बोलाएर समाजका केन्द्रिय अध्यक्ष कुमार कार्की र नगर अध्यक्ष सालिकराम बि.क.ले ध्यानाकर्षण पत्र बुजाएका हुन।
पत्र बुदै मेयर ढकाल ले आउने निर्वाचन अगिनै लालपुर्जा दिने तयारी छ तपाइहरु ढुक्क भएर जानु भनी सडक बाटै सम्बोधन गरेका थिए। जवाफमा उपस्थित सुकुम्बासीहरुले पहिला जस्तो उदारोमा भोट माग्न नआउनु भन्दै हाम्रो मतको दुरुपयोग गर्ने जो कोहि पनि अपराधी हुन भनेका थिए।
चर्को नारा सहित गेटमा पुगेका सुकुम्बासीले लालपुर्जा प्राप्ति का लागि अन्तिम लडाइ लड्ने उद्घोष गरे सुन्दर हरेचालाइ लालपुर्जा दिएर सुकुम्बासी मुक्त रास्ट्र घोषणा गर्नु पर्ने आयोगको लामो बाटो लाई छोडेर स्थानीय तहको सिफारिसमा जिल्ला नापी कार्यलय बाट जग्गा नाप्ने र मालपोत कार्यलय बाट सिदा फास्ट ट्र्याकमा लालपुर्जा दिने,सुकुम्बासीका नाममा अब भ्रमको राजनीति नगर्ने लगायतका माग राखी ध्यानाकर्षण गराइएको थियो। देशका १५ जिल्लामा अभियान सकिएको र फाल्गुन भित्र सबै जिल्लामा सक्ने लक्ष्य रहेको समाजका केन्द्रिय अध्यक्ष कुमार कार्कीले जानकारी दिए।
जाग उठ लम्क अब पछी नफर्क हाम्रै पालमा सुकुम्बासी मुक्त रास्ट्र बनाउनु पर्छ भन्ने अठोट सहित संगठन देशब्यापी आन्दोलनमा लागेको कार्कीले अगाडि थपे हरेक निर्बाचनमा आस देखाउदै मत माग्दै झुक्याउनेहरुको असली रुप सुकुम्बासीले थाहा पाउन थालेकोले अभियान शक्तिशाली हुँदै गएको कार्कीले जनाए।
यश कार्यक्रम बाट राजनीतिक पार्टीहरुलाइ पनि नैतिक सङ्कट परेको हुदा केहि आस लागेको समाजका सुन्दर हरेचा नगर समिती अध्यक्ष सालिकराम बिक ले बताए ध्यानाकर्षण कार्यक्रम हरेचा मोड बाट सुरु भएको र्याली नगर पालिकाको मुल गेटमा पुगेर आक्रोशित नारामा परिणत हुँदै गएको र चार्का नाराबाजिका बाबजुद नगर प्रमुखलाइ बाहिर आउन भिडले बाध्य पारेको थियो।

