Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सभामुखबाट सापकोटालाई हटाइदै,ठाकुरलाई नयाँ सभामुख बनाउने तयारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 23, 2022
0

काठमाडौं। एमसीसीलाई लिएर नेपालको राजनीति पेचिलो बनेको छ । सत्ता गठबन्धन पनि टुट्ने अवस्थामा पुगेको छ । विरोध र विवादका बावजुद सरकारले फागुन ८ गते एमसीसी सदनमा टेबुल गरेको छ । एमसीसी सदनमा टेबुल गर्नुभन्दा अघि सत्ता गठबन्धनमा निकै ठूलो रस्साकस्सी परेको थियो ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालले अहिलेको अवस्थामा एमसीसी टेवुल गर्न नहुने अडान राखेका थिए । तर, नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी मन्त्रीहरुले अध्यक्ष माधवकुमार नेपालमाथि दबाब बढाएपछि अन्ततः माधव नेपालले एमसीसी टेबुल गर्न दिने सहमति जनाएको कुरा बाहिर आएको छ ।

उता, जसपामा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष बहुमतमा देखिएको छ । सो सँगै अल्पमतमा परेका अध्यक्ष उपेन्द्र यादव पनि अन्ततः एमसीसी टेबुल गर्न दिने पक्षमा पुगेका थिए । तर, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का भातृ संगठन भने एमसीसीको विरोधमा सडक संघर्षमा उत्रिएका छन् । प्रचण्ड र माधव नेपालले एमसीसीलाई लिएर दोहोरो भूमिका खेलेको भन्दै आलोचना भैरहेको छ ।

एमसीसी पारित गराउनको लागि सहयोग नगर्ने भनेर प्रचण्ड र माधव नेपालले सार्वजनिक रुपमै भनिसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि दबाबमा छ । अमेरिकाले भने यही फागुन १६ गतेभित्रै एमसीसी पास गराउनको लागि समयसिमा तोकिदिएको छ। यदि उक्त समयसिमाभित्र पनि एमसीसी पास भएन भने एमसीसी फिर्ता लैजाने अमेरिकाको तयारी छ । प्रधानमन्त्री देउवा भने कुनैपनि हालतमा एमसीसी पास गराउनेगरि अन्तिम गृहकार्यमा जुटेका छ।

उसले एमसीसी पास गराउने शर्तमा गठबन्धन पनि तोडेर एमालेसँग सहकार्य गर्नपनि आफू तयार रहेको सन्देश दिईसकेको छ । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उसको भेटवार्ता बाक्लिएको छ । हिजोमात्रै ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेको थियो ।

उक्त भेटमा एमसीसी पास गराउनको लागि एमाले अध्यक्ष ओली सकारात्मक बनेको स्रोतको दाबी छ। एमसीसी प्रक्रियामा अघि बढाउनको लागि सभामुख अग्निप्रसाद सापकोटाको भूमिका अझैपनि शंकाको घेरामा रहेको कांग्रेस नेताहरुको गुनासो छ ।

एमालेले आफूले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदहरुलाई कारबाही गरेको पत्रको सूचना टाँस नगरेर सभामुखले गम्भीर गल्ती गरेको आरोप लगाउँदै लगातार सदन अवरुद्ध गरिरहेको छ। एमालेले एमसीसीमा साथ दिनको लागि सभामुखलाई हटाउने शर्त कांग्रेससामू राखेको छ । जसमा कांग्रेस नेतृत्व हिजोदेखि सकारात्मक बनेको चर्चा छ ।

उच्च स्रोतकाअनुसार प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको भेटवार्तामा सभामुख सापकोटालाई हटाउनेसम्मको तयारी भएको छ। एमसीसीको पक्षमा उभिएको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई सभामुख बनाउनेगरि कांग्रेस र एमालेका नेताहरुबीच छलफल अघि बढेको छ ।

कांग्रेस र एमालेको सभामुख हटाउने तयारी थाहा पाएर होला नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले क्रान्तिकारीहरुलाइ हराउनेगरि अहिले प्रपञ्च भैरहेको भएपनि त्यसलाई चिरेर आफूहरु विजयी हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved