काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेबीच भएको करिब दुई घण्टा लामो वार्तामा ठोस सहमति नभई नेताहरु आ- आफ्ना अडान राखेर छुटेका छन् । जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाएपछि मात्र एमसीसी लगायतका विषयमा छलफल हुने बताएका छन् ।
बैठकपछि पौडेलले भने– आज कुनै सहमति भएन । उहाँहरुले एमसीसी पारित गर्न एमालेको सहयोग माग्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित गर्न एमालेको सहयोग मागेको वार्तामा सहभागी एमाले उपाध्यक्ष विष्णु पौडेलले नेपाल प्रेसलाई जानकारी दिए । हामीले हाम्रा माग सम्बोधन गर्नुस् भन्यौं ।
त्यो भनेको एमालेलाई संसदीय प्रक्रिया भाग लिनका लागि हामीले उठाउँदै आएका मागको सम्बोधन हुनुपर्छ भन्ने हो । त्यसमा कुनै सहमति भएन । वार्तामा एमालेबाट अध्यक्ष ओलीसहित बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल र उपमहासचिव बिष्णु रिमाल सहभागी थिए । कांग्रेसबाट सभापति तथा प्रधानमन्त्री देउवासहित उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्की सहभागी थिए । File photo