खाेटाङ। स्ववियु निर्वाचनको दबावका लागि अनेरास्ववियु खोटाङले दिक्तेल बहुमुखी क्याम्पसमा आज स्याम्पल इलेक्सनको रूपमा विद्यार्थीहरूको मत सर्वेक्षण गरेको छ ।
नेपालका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आवश्यक छ या छैन? भनेर गरिएको मत सर्वेक्षणमा २७८ जना विद्यार्थीले आफ्नो सहभागिता जनाउँदै मत दिएका थिए।
जसमध्ये ‘छ’ भन्ने मा २१८ मत र ‘छैन’ भन्नेमा ४७ मत खसेकाे थियाे भने १३ मत बदर भएको थियाे । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचन र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गरेर गरिएको उक्त कदमले भर्खर बालिग भएका मतदाताहरुलाई मतदान शिक्षा पनि दिएको बताउँछन् अनेरास्ववियु खाेटाङका अध्यक्ष माेहन संग्राम।
उक्त स्याम्पल मतदानका लागि आवश्यक सामग्री व्यवस्थापनमा भने जिल्ला निर्वाचन कार्यालय खोटाङले उपलभ्द गराएकाे थियाे।
