Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रधानमन्त्रीबाट प्रधानमन्त्री देउवा हट्नसक्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 20, 2022
0

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अगाडि बढेमा सत्ताबाट हट्ने परिस्थिति विकास भएको छ । सत्ता गठबन्धन कायमै राख्ने गरी एमसीसी पारित गराउन खोजेमा असफल हुने निश्चितप्रायः छ ।

सत्ता पक्षको नेकपा माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिइसकेको छ । टेबल गर्दा पनि अर्थमन्त्री जर्नादन शर्मा सदनमा अनुपस्थित रहे । नारायणकाजी श्रेष्ठ विद्रोहको तयारीमा छन् । माओवादी एमसीसी पारित गर्ने पक्षमा गएपनि त्यहाँ हुने विद्रोहले मत विभाजन हुनेछ । त्यसैले प्रचण्ड त्यो जोखिम मोल्न तयार छैनन् ।

नेकपा एसभित्र झलनाथ खनाल एमसीसी कुनै हालतमा पारित गर्न नहुने पक्षमा छन् । खनालले विद्रोह गर्ने संकेत गरिसकेका छन् । यसकारण गठबन्धनकै भरमा एमसीसी पास हुने अवस्था छैन । देउवाका लागि गठबन्धन तोडेर बढ्नुको विकल्प छैन ।

एमसीसीको समयसीमा १६ फागुनभन्दा पछि सरेमा भने देउवालाई राहत हुनसक्छ । अन्यथा एमसीसी गठबन्धनकै बलमा पारित गर्न खोजे असफल हुने देखिइसकेको छ । त्यतिबेला देउवाको प्रधानमन्त्री पद नै धरापमा पर्न सक्छ । गठबन्धनका दलहरुभित्र भाडभैलोले देउवा अल्पमतमा पर्ने अवस्था विकास भई अप्ठ्यारो परिस्थिति आउने देखिन्छ ।

गठबन्धनको विकल्पमा जाने भनेको एमालेसँगको नयाँ समझदारी बन्नु हो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग देउवाले ५ फागुनमा केही गोप्य कुराकानी गरेका छन् । जसमा राजनीतिक लेनदेनको विषय छ । ओलीले चुनावी सरकारको नेतृत्व दाबी गरेका छन् । देउवा त्यसमा तयार नभएकाले गठबन्धन जोगियो र नयाँ परिस्थिति बन्यो ।

एमसीसी पारित गरिछाड्ने अडानमा देउवा बढ्नका लागि ओलीको साथ लिनुपर्ने अवस्था पनि हुनसक्छ । त्यतिबेला ओलीले मागेको चुनावी सरकारको नेतृत्व छाड्न देउवा वाध्य हुनसक्छन् । एमसीसी पारित गर्ने पक्षमा गएमा ओलीको दल नेकपा एमालेमा पनि विद्रोह हुनसक्छ ।

त्यतिबेला एमसीसी पारित नहुने गणित बन्ने सम्भावना बढ्छ । एमालेमा हुने दुर्घटनाको असर देउवालाई नै पर्न सक्छ । एमसीसी फेरि पनि असफल भई देउवा सरकार अल्पमतमा पर्न सक्छ ।

एमसीसी बढ्दा कम्युनिस्ट पार्टीहरु दुर्घटनामा पर्न गइरहेका छन् । सँगै देउवाको प्रधानमन्त्री पद पनि धरापमा परिरहेको छ । देउवा राजनीतिक जीवनकै अप्ठ्यारो परिस्थितिको सामना गरिरहेका छन् । reportersnepal.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved