आकाश मगर, उदयपुर ।
शनिबार राती उदयपुरको त्रीयुगा नगरपालिका ११ चप्पन बरुवा धारमा बिधुत सर्ट भै तिलमाया बस्नेतको घरमा आगो लागेपछि घर जलेर सबै पुर्णरुपमा नष्ट भएको थियो । स्थानिय गाउले र नगरपालिकाको दमकलले आगो निभाए पनि उनी सङ्ग एउटा खाट मात्र बचेको थियो ।बस्नेत एकल महिला हुन छोरिहरु बिवाह गरेर गइसके।
घर आगो लागे पछि उनी छिमेकिको पुरानो घरमा शरण लिएर बसेकिछिन। अग्नि पिडित महिलाको तत्काल उद्वारको लागि त्रीयुगा नगर इसाई समाज उदयपुर गाइघाटले खाध्यन्न साथै ओढ्ने लुगाहरु राहत स्वरुप उपलब्ध गराएकाछन । आईतबार बिहान इसाई समाजका अध्यक्ष फिलिप (खड्ग)श्रेष्ठ र सचिब भरत (दानिएल)राई गएर राहत प्रदा गरेका हुन।
रहतमा एक बोरा चामल , आलु, तेल,नुन, दाल,सोयाबिन, खाना पकाउने भांडा, तरकारी पकाउने कराई,डाडु ,पन्यु थाल ग्लास,जग ,बाल्टिन, डसना ,सिरक खोल सहित,तन्ना र ओछ्याउने फर्म सहितका सामाग्री प्रदान गरेका हुन। पछिल्लो समय इसाई समुदाय धार्मिक काम सङ्गै सामाजिक काममा अग्रसर देखिएकाछन, जसले कोभिड १९ को लकडाउनको मारमा परेका बेला सयौं बोरा चामल साथै राहत सामाग्रीहरु खांचोमा परेकाहरुलाई बितरण गरेका थिए।

