खोटाङ। प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार शाखा खोटाङका पाँच कैंदीले सजाय मिनाहा तथा आममाफी पाएका छन् । विभिन्न मुद्धामा फरक–फरक समयदेखि जिल्ला कारागार शाखा दिक्तेलमा जेल जीवन बिताइरहेका पाँच कैंदीले नेपाल सरकार मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति कार्यालयबाट कैंद सजाय मिनाहा तथा आममाफी पाएका हुन् ।
तोकिएको कैंदको ५० प्रतिशत कैंद भुक्तान गरिसकेका र असल चालचलन भएका कैंदीहरुको बाँकी कैंद छोट्याएर माफी गर्नका लागि मन्त्री परिषदको निर्णय अनुशार राष्ट्रपति कार्यालयले शुक्रबार सजाय मिनाहा तथा आममाफी दिएको सूचना प्रकाशित गरेको थियो ।
जस मध्यबाट कैंद सजाय मिनाहा तथा आममाफी पाउनेमा ज्यान मार्ने उद्योगका तीन जना, कर्तव्य ज्यान र डाँका मुद्धाका एक/एक जना छन् । ज्यान मार्ने उद्योगका खेमराज बुढाथोकी, प्रभाकर राई र मित्रबहादुर खत्री, कर्तव्य ज्यान मुद्धाका गोपाल राई र डाँका मुद्धामा जेल जीवन विताइरहेका राजेश राईले कैंद सजाय मिनाहा तथा आममाफी पाएको कारागार शाखाले जानकारी दिएको छ।File photo
